Wednesday, June 19, 2013

माटोको सम्झना (कविता)
 

मनु लोहोरुङ

बुकी फूलेका ढिस्का
र गुराँसे जंगलहरु
स्मृतिबाट कसरी टाढा हुन्छन् र...?
आधाउधी रहरका उच्छ्वांसहरु-
जिन्दगी बाच्ने बहानामा
सिमाना काटेर समुन्द्र छिचोलिंदैमा-


सिमाना नाघ्नुभित्र
अनेकमा एक
र एकमा अनेक
जीवन कथाहरु गाँसिदो छन् |
फूल्न नसकेका स्वाभिमानहरु
छातीभित्रै टाक्सिएका छन्
रै पनि सन्तानको ओठमा
मिठो मुस्कानहरु झुल्केका छन्
उही मुस्कान बचाई राख्नको खतिर
नुनिलो पसिनाको खेती पराईको भूमिमा-

सहरको ओछ्यानमा एकछिन पल्टिदैमा
कहाँ भूल्न सकिन्छ र ?
सद्धाव राखेर पिरती साट्ने फलैंचाहरु-
सेउली र ढुंगाले बारेका मायाका चिनोहरु-


जहानसंग छुट्दाको आँशु-शितलाई
आधा मुस्कान सम्झेर
विवशताको सातु खाँदै
आफ्नै जीवनको गोठालो भए पनि
कहाँ बिर्सिन सकिन्छ र ?
आफ्नो मुटु बराबरका ती पाखा-भिताहरु
हाक्पारे, पालाम गाउँदै
पसिना बगेका गैराबारीहरु-
उसो र फर्किनु छ
पर्खिने रहने बर-पिपललाई चुम्न-
मलाई हिंडाउने बाटोलाई चुम्न-
मलाई जन्माउने माटोलाई छुन |

हाल अमेरिका

गीत       


बादलुले ढाकी दियो मायालुको गाउँलाई
सधै उनी रम्दै हाँस्ने स्वर्गिय ठाउँलाई

उनी सङ्गै लुकामारी खेल्ने वन पाखा  
बादलुले छोपी दिदा रसाई दियो आँखा
लेखेकीथे एउटा चिठी माया तिम्रो नाममा
कतै हात परेन कि शंका लाग्यो मनमा

बादलुले…………………………………

सुसेलीमा मायालुलाई बोलाउँ भनी आउँदा
छाती पोल्छ किन त्यहाँ बादलुले छाउँदा
भन्ज्याङ् वारी चौतारीमा उनी नआउँदा  
डर लाग्छ त्यो पत्रको  उतर नपाउँदा ।।

बादलुले…………………………………

कृष्णकला वनेम, ईजरायल

गजल 

तिम्रो हिड्ने बाटो भरी, फूल छर्दै आउँथे
तिम्रो दिलको पाटो भरी, माया भर्दै आउँथे

चोखो प्रितको सौगातहरु, स्विकार गरि दिए
जस्तै परिस्थिती पनि, सामना गर्दै आउँथे

मुखै खोल्न नसके नि, सुसेलीले डाके त
बाढी पहिरो जंघारहरु, सबै तर्दै आउँथे

हृदय खोली एक पटक, कृष्ण भनि बोलाए
माईत छोडी तिम्रै घर, बसाँई सर्दै आउँथे 
।।


कृष्णकला वनेम

कविता

रात भरि डर लाग्दो पानि पर्यो
आकास चम्किदै गर्जिदै थियो
गडयाङ गुडुङ गेदै ।
एक छिन झुपुक्क निदाएछु
बिम्झिदा चरा चुरुङगी कारादै रैछ।
ढुकुरको आबज नि सुने ।
सपनामा नेपालमा आफ्नो परिवार संग थीए।
बीम्झिदा नेपालको जस्तै बातावरण पाए
आखा खोले ।।।।।।।।
अफसोस ,,,,,
त्यही कोठा त्यही खाट ,,,
सुन्यता , एक्लोपन, 
यही मेरा धेरै आशु रसाएका सिरानि
फेरि रुदै आशू झार्दै ,,,,
उफ जिन्दगी।।।।।


शेर्पिनी कान्छी



Cultural Dress of  Limbu ........!

Tejendra Sherpunja 
     गीत   
     
कल्पनामा नआउ तिमि
झस्केर यो मुटु दुख्छ
सम्झनामा न आउ तिमी
सम्झेर परेली रुन्छ

गन्तब्य हिन यि मन
काँहा पुग्छ उडेर
सम्झाउन सक्दिन फेरि
पागल हुन्छ सम्झेर
निन्द्रामा नआउ तिमी
सपनी बनेर रुन्छ
सम्झनामा नआउ तिमी .......परेली रुन्छ |

सल्बलायका यि रहरहरु
आफै भित्र बिलिन हुदा
रोक्न नसकि फेरि
टुक्रेर छताछुल्ल हुदा
पर्खाइमा नआउ तिमी
आस आसैमा निरास हुन्छ
सम्झनामा नआउ तिमी .......परेली रुन्छ |


तेजेन्द्र शेरपुन्जा, हाल बहराईन .
 
किनारामा उभिएर टोलाएर हेर्दैछु मेरो अगाडिको
बिशाल समुद्रलाई
लागिरहेछ
माथिमाथि छचल्किरहेका छालहरुले
छुन खोजिरहेछन्
केहि भन्न खोजिरहेछन् मसित
हर प्रयास गर्छु
समुन्द्रको भाषा बुझ्न
तर म बुझ्दिन समुद्रको भाषा
र मेरो भषा बुझ्दैन समुन्द्रले
सायद,दुर्भाग्य यहि हो।

त्यसैले होला
फर्किन्छन् छालहरु निराश-निराश भएर
म आँखा फालिरहन्छु तरङ्गसँगै टाढाटाढासम्म
यति नै खेर चिसो-चिसो हावाको झोंक्काले
हिर्काएर जान्छ बेस्सरी
मेरो केशहरु चोरुँलाझैं गरेर
मेरो वैंशको यो चौबन्दी लैजाउँलाझैं गरेर
यो बतास केमा बदला लिन खोजिरहेछ कुन्नि?

खोजिरहेछु आफैंलाई सम्हालिन
ब्याकुल मनसँग एकान्त ठाउँमा
हो,त्यसैबखत शान्त लहर बनेर
जब-जब छेउ लाग्न चाहन्छु
तर,तिम्रा यादहरु आँधीबेहरी बनेर
लखेटिरहन्छ मलाई
जसरी फैलिन्छन् छालहरु
त्यसैगरी फिंजिएर
टाढा भाग्ने चेष्टा गर्छु
छालहरुसँगै सुसाउन खोज्छु
बल्ल थाहा भो आजा
तिम्रो याद दुरुस्तै भैसकेछ समुन्द्र।

December 16-2010 Korfi, Cyprus
Photo: छालहरु ओ छालहरु, आएर मलाई भिजाएर जाउ
म किनारामा उभिएको छु
थकित छु, उदाश छु मनभरि पिरहरुले थिचिएको छु
छालहरु ओ छालहरु,आएर प्रिती बसालेर जाउ,

मलाई असाध्यै मन पर्ने गीत।