गीत
बादलुले ढाकी दियो मायालुको गाउँलाई
सधै उनी रम्दै हाँस्ने स्वर्गिय ठाउँलाई
उनी सङ्गै लुकामारी खेल्ने वन पाखा
बादलुले छोपी दिदा रसाई दियो आँखा
लेखेकीथे एउटा चिठी माया तिम्रो नाममा
कतै हात परेन कि शंका लाग्यो मनमा
बादलुले…………………………………
सुसेलीमा मायालुलाई बोलाउँ भनी आउँदा
छाती पोल्छ किन त्यहाँ बादलुले छाउँदा
भन्ज्याङ् वारी चौतारीमा उनी नआउँदा
डर लाग्छ त्यो पत्रको उतर नपाउँदा ।।
बादलुले…………………………………कृष्णकला वनेम, ईजरायल
wow wow wow kisna ji babal 6 gajal ta mero ta manoi choyo looking nice thank you so much aaruastoi padna milos la bishnuthapa67@gmail.com
ReplyDelete