गजल
तिम्रो हिड्ने बाटो भरी, फूल छर्दै आउँथे
तिम्रो दिलको पाटो भरी, माया भर्दै आउँथे
चोखो प्रितको सौगातहरु, स्विकार गरि दिए
जस्तै परिस्थिती पनि, सामना गर्दै आउँथे
मुखै खोल्न नसके नि, सुसेलीले डाके त
बाढी पहिरो जंघारहरु, सबै तर्दै आउँथे
हृदय खोली एक पटक, कृष्ण भनि बोलाए
माईत छोडी तिम्रै घर, बसाँई सर्दै आउँथे ।।
कृष्णकला वनेम
No comments:
Post a Comment