Tuesday, April 16, 2013

याद आयो भने आँखा बन्द नगर्नू , 
भेट भएन भने पनि दु:ख नमान्नू , 
हामी सधैँ सँगै हुनुपर्छ भन्ने केही छैन , 
तर मित्रताको ढोका बन्द नगर्नू 
यहि नै छ यो नया बर्ष 2070 को मगलमय सुभकामना

Saturday, April 13, 2013


New Year 2070 SMS COllections
मनभरिका इच्छा अनि तृस्णा
सजाएका कल्पना अनि सपना
गुम्सिएका मनका चहानाहरु
बनोस सबै बिपना
यहि छ नया बर्ष 2070को सुभकामना ।।।
सफल होस तिम्रो यात्रा,सम्पन्न होस तिम्रो मनकामना,उच्च होस् तिम्रो सिर्,पुरा होस तिम्रो सपना, सफलताले चुमोश् तिम्रो उदेश्य यहि नै छ यो नया बर्ष 2070 को मगलमय सुभकामना
तिम्रो आखामा सजाएको सपना , तिम्रो हुर्दयमा लुकएको अभिलाशाहरु ,यो बर्स पुरा होश अहि छ मेरो २2070 सालको सुभकामना ।।
 प्रचण्ड झैँ गफाडी नहुनु , गिरिजा झैँ घमण्डी नहुनु , माधव नेपाल झैँ दोधारे नहुनु , सेर बाहादुर झैँ अनाडी नहुनु , सुर्य बाहादुर झैँ सैतान नहुनु , ज्ञानेन्द्र झैँ लाचारि नहुनु , फोरम झैँ बिखण्डनकारि नहुनु , यहि नै छ यो नया बर्ष 2070 को मगलमय सुभकामना
याद आयो भने आँखा बन्द नगर्नू , भेट भएन भने पनि दु:ख नमान्नू , हामी सधैँ सँगै हुनुपर्छ भन्ने केही छैन , तर मित्रताको ढोका बन्द नगर्नू यहि नै छ यो नया बर्ष 2070 को मगलमय सुभकामना
You can use TypeinNepali.com to type in Nepali and send it to your friends. Best Unicode conversion is typeinnepali.com
नया वर्ष २०७० ...................... को शुभ  अबसरमा हजुरको हरापैलाहरुमा खुशी नै खुशी छावोश .................हार्दिक मंगंलमय शुभकामना ..... 
साथसाथै 



एक कविता 

सानो छदाँ एक रुपैँयाको पोस्टकार्ड
किनेर त्यसको पछाडी जानि-
नजानी एउटा सायरी लेखेर-लजाउदैँ
लजाउदैँ आफ्नो Someone special लाई
दिएर New year को Wish गर्दा निक्कै
मज्जा हुन्थ्यो ।
बिस्तारै मुना,
नवयुवा जस्ता पत्रीका बाट
पत्रमित्रता गर्दै शुभकामना आदन-
प्रदान गर्ने क्रम शुरु भयो ।
त्यसपछी Mobile को युग शुरु भएसँगै SMS
मार्फत
(one glass of Water,
one glass of Beer.
Oh my dear
Happy new Year)
भनेको हिजो जस्तो लाग्छ ।
तर आजकाल प्रविधी को विकास भएर
भनौँ कि हामी व्यस्त हुन थालेर
हो ति सबै एकादेश
को कथा जस्तो भएका छन ।
अहिले त फेसबुक मा एउटा Status
लेख्यो अनि Like र Comment गन्न
थाल्यो…. पहिले
को जस्तो रमाइलो रहेन, आफ्नो पन
को भावना पनि हराउन थाल्यो ।
तै पनि चलेको चलन चलाउनै पर्यो ।
प्रविधी सगँ Upgrade पनि हुनै पर्यो ।
तपाईंहरु सबै जना लाई नयाँ वर्ष २०७०
को हार्दिक मंगलमय शुभकामना ।
फलोस फुलोस जिन्दगी, पुरा हुन मन
का सबै चाहना !!

Tuesday, April 9, 2013


माछाको पनि मानिसको जस्तै दात
 

अहिले सम्म त तपाईले मानिसको जस्तो अनुहार भएको कुकुर देख्नु भयो तर कहिले मानिसको जस्तो दात भएको माछालाई देख्नु भएको छ ? पक्कै पनि देख्नु भएको छैन होला, सायद तपाइलाई त सुन्दा नै अचम्म लागिरहेको हुनसक्छ । तर अचम्म नमान्नुस् यो एकदमै वास्तविक र सत्य हो । ढाइ किलोको यो माछाको दात मानिसको सरह नै छ ।
साधारणतया माछाको दात भनेको लामो तिखो हुने गर्छ तर यो माछाको दात मानिसको जस्तै चेप्टो र केनाइन युक्त छ । नर्थ अमेरिकामा पाइएको सो माछा फ्लोरिडाको तालमा भेटिएको थियो । सो माछा पहिलो पटक २०१० मा नर्थ क्यालोरीनामा देखिएको थियो भने पनि यसको कुनै प्रमाण भेटिएको छैन । तर आजकल फ्लोरिडामा यस माछालाई मानिसले देखेर अचम्म मान्ने गर्छन् ।
मेट्रो डट को डट यूके का अनुसार सो माछा केटफिश जस्तो लागेपनि यो शीपशेड प्रजातीको हो । मानिसहरु यस माछालाई हेर्न पाउदा अचम्मका साथै रमाइलो पनि मान्ने गर्छन् ।

      कविता




  सुनुवार मुलिचा
कति मिठो बात बोल्यौ...
कति मिठो बात बोल्यौ प्रिय मनमै समाउने
छोटो एकै ईशारामा तर जुगै गलाउने
झुल्किएर मेरो मनको आकाशमा तिमी
भावनामा रङ्ग पोत्दै किरण झल्मलाउने
सुनाखरीले कोरेको रैछ क्यारे भाग्य मेरो
विधाताले रचेको हो कि मिठो काव्य हाम्रो
झुक्किएर कैले नि फेरि तिमी नहराउनु नि 
मनको गोजी छाने मैले लुकाउने ठाउँ राम्रो
जुनको रात तारा गन्दै बिताएको याद छ
घामको दिन क्षितिज हेरी टोलाएको थाह छ
अल्झाएर मनमा काँडा टाढा नआउनु नि
मिसाएर जीवनको डोरी एकै गाँठो पार्नु छ
कति मिठो...
छोटो एकै...

Sunday, April 7, 2013

     कथा

"पहिलो प्रेम"

                         - शान्ति पाख्रिन

बाबा ममीको न्यानो माया ममता र साथि संगीको साथले मेरो बालापन बितेको पनि पत्तै भएन उठ्ने बित्तिकै बाबाले बनाउनु भएको चिया संगै ममीले भुट्नु भएको चिउरा र भटमास खाएकी पनिहिजो जस्तो लाग्छ अनि साथीहरु संग चुङ्गी , रबर बयान , गट्टी , ढलाई बल , डन्डीबियो , कपर्टि खेलेको पनि हिजो जस्तै लाग्छ | अझ भनौ सुचिकर दाइकोमा गएर टालाहरु बटुलेर घर ल्याउदा ममीले नै पुतली बनाइ दिनु हुन्थ्यो अनि साथीहरु संग मिलेर पुतलीको बिहे गराई खेल्थ्यौ पुतलीको बिहे भन्दै आफैलाई जुटको बोरामा बसायर च्याना पुटू च्याना पुटू भन्दै बोकेर हिडेको त भुल्नै सक्दिन भुल्नु पनि कसरि त्यो बिहेमा न त बिहेको महत्वो थाहा थियो न त घर परिवार नै सम्हाल्नु पर्थ्यो , अरुको बिहेमा बेहुलीलाई सजाएर रातो घुम्टो ओढाई डोलीमा बोकेको देख्दा मेरो बिहे यसरी कहिले हुन्छ झैँ लाग्ने मेरो बाला पन आज कुन मोडमाआएर ठोकियो |

उमेर बढ्दै जादा म भित्र एक चन्चलापनले बास लिन थाल्यो स्कुलमा धेरै बदमास थिए म कुनै गल्ति गर्दा खेरी सर र मिसले घुडा टेक्न या त उठ बस गर्न लगाउनु हुन्थ्यो तर म एकदमै जिद्दी थिए म कहिले पनि उहाको कुरा मान्दिन थिए र कहिले पनि घुडा टेकिन तर हेडसरको अगाडी भने म निकै डराउथे |स्कुलमा कुनै कार्यक्रम या खेलकुद हुदा म सधै अगाडी हुन्थे पढाइमा पनि मेरो नम्बर सेकेन्ड र थर्डमा पर्थ्यो त्यसैले होला गुरुहरुको पनि म प्यारो थिए सधै मायाले बोलाउनु हुन्थ्यो मलाइ | अब त कक्षा ८ मा पढ्ने भएछु पढाई संग संगै घरमा र पसलमा आमालाई पनि सघाउने गर्थे यसरी मलाइ त्यो बालापनले बिदा गरि सकेको थियो भने लजालु पन र चन्चलताले बास गर्न थालिसकेको थियो मेरो मन मस्तिकमा |कुनै केटाले मलाइ हेर्यो भने पनि म लजाउथे र डराउथे |

पुष माघ महिनाको कुरा हो सबै स्कुलहरु बन्द थियो त्यसै सिलसिलामा साथीहरु सङ्ग घुम्न भनि हजुर बा, हजुर आमा बस्नु भएको गाउँमा जाने निर्णय गरे | सानो हुदा बाबाले काधमा बोकेर लानु भएको धेरै बर्ष पछी त्यही गाउमा साथीहरु संग जाने मौका मिलेको थियो | उकाली,ओराली, कहिँ कतै नागबेली बाटो अनि हरियो घना जंगल , ठाउ ठाउमा , सुन्दर कन्चन झरना , जंगल भरि राताम्मै लालीगुरास फुलेका , चराचुरङ्गीको चिरबिर संगै फोटो खिच्दै गित गाउदै हिड्दा ८ घण्टाको बाटो काटेर गाउँ पनि पुगिसकेको थियौ हामि |

गाउ पुगे पछी सबै साथीहरु आफ्नो - आफ्नो बाटो लागे एउटा साथीले मलाई मेरो हजुर आमाको घर सम्म पुर्याई दियो म घरलाई नियाल्दै गेट बाट भित्र पसे पिढीमा ढिकी र जातो थियो छेउमा गाईको गोठ भने भान्सामा चाही काठको खण्ड खण्ड परेको भर्यांग चढेर जानु पर्थ्यो म डराई डराई भर्याङ्ग चढेर माथि गए हजुर बा माथिको बर्तालिमा बसिरहनु भएको थियो मैले ढोग गरेर भित्र पसे , हजुरआमा र फुपु भान्सामा खाना बनाउदै हुनुहुन्थ्यो |मैले भित्र गयर ढोगे उहाहरुलाई तर उहाहरुले मलाइ चिन्नु भएन सायद धुवाँले र अधेरोले होला मैले अफ्नो परिचय आफैले दिए म काइलाको छोरी भने पछी उहाहरु सारै खुसि हुन्नु भयो र मलाइ भोकाएको होला भनि दहि र भुटेको मकै ल्यार दिनु भयो म पनि खुसि हुदै खाए |

भोलि पल्ट गाउँमा छिमेकीको बिहे भएको हुनाले म पनि फुपु संगै गए मैले पाइट र टिसर्ट लगाएकी थिए त्यसमाथि पनि शहर बाट आएको मान्छे भनेर होला सबैले मलाइ नै हेर्थ्यो अनि मेरो फुपुलाई सोध्ने गर्थ्यो उनि को हुन् ? भनेर फुपु पनि दिक्क नमानी सबैलाई मेरो परिचय दिदै दाइको छोरी भन्नु हुन्थ्यो र खुसि हुनुहुन्थ्यो |हामि बिहेको माहोलमा मिस्सी सकेका थियौ एकासी मेरो नजर एक युबक तिर गयर ठोकियो हेर्दा गहुगोरो निकै भलादमी लाग्ने अरु युबक भन्दा फरक देखिने एक युबक पनि त्यही बिहेमा आएको थियो
खै किन हो एकै नजरमा म त्यो युबक प्रति केन्द्रित हुन पुगे मलाई सारै राम्रो लाग्यो तर हाम्रो बोलचाल भने हुन सकेन बिहे सकिने बित्तिकै म फुपु संग घर आए |

त्यसको दुइ-चार दिनमा म फुपु संग धान गोड्न भनि खेत तिर गए त्यो युबक पनि त्यही आएको रहेछतर मैले लामो जामा लगाएकी हुनाले पानीबाट जोगाउन जामा सम्हाल्दै ठिक्क भए तर उसले भने मलाइ हेरिरहेको रहेछ उ हामी भन्दा ठिक २ गरा माथि पट्टि बसेको थियो मेरो नजर उ तिर पर्ने बित्तिकै मुटु दुख्यो भनेर भन्न थाल्यो र सबैले घर जाने सल्लामा उ घर तिर फर्केको थियो | ठिक भोलि पल्ट पनि उ त्यही आएको थियो तेस्रो पटक हो यो हाम्रो फेरी भेट भएको त्यस बेला हामि एकै गरामा थियौम मेरो फुपु र अरु दिदीहरु संग थिए उस्लाई देख्ने बित्तिकै म लाजले एकोहोरो निहुरिएर धान गोड्न ब्यस्त भए एकै छिनमा उसले मेरो नाम सोध्यो , तिम्रो नाम के हो ? मैले लजाउदै शान्ति भने फेरी उसले बोल्न सुरु गर्यो म तिमीलाई चिन्छु नि . मैले हतार हतार प्रश्न गरि हाले कसरि चिन्नु हुन्छ तपाइँ मलाइ ?उस्को प्रतिउत्तरमा तिमि फलानाको छोरी फलाना ठाउ बाट आएको फलाना तिम्रो काकाफलाना तिम्रो हजुर बा हजुर आमा एकै स्वरमा सबैको नाम लिन भ्यायो उसले त्यसपछी मैले बोल्ने बाटो नै थिएन म एकदम चुप भए मेरो मुख बाट कुनै बाक्य नै फुटेन | उस्को नाम सोध्न धरि म भित्र हिम्मत थिएन त्यो दिन यसै बित्यो |

भोलि पल्ट एउटा सानो नानि आएर एउटा खाम ल्याएर मेरो हातमा राखी दियो मैले यो के हो ?भनि सोधे तर ति नानीले खै थाहा छैन भने र हास्दै दगुर्दै भागिन् |त्यो खाम देख्ने बित्तिकै मलाइ खोलेर हेरु हेरु झैँ लाग्यो र हतार हतार खोलेर हेरे एक प्रति फोटो सहित त्यो पन्नाको सुरुमा उस्को नाम लेखेको रहेछ अनिश तामाङ त्यसपछिका हरफहरु पढ्न आतुर भए म र निरन्तरता दिन थाले त्यो पन्ना त केवल माया र प्रेमका सब्दले भरिएको थियो भने साथमा उसले आफ्नो परिचय पनि खुलस्त लेखेको र मलाइ धेरै नै मन पराउने र माया गर्ने सब्दहरु लेखिएको थियो ,र अन्तिममा पत्रको प्रतिक्षमा छु भनि लेखिएको थियो जति पत्र उत्तेजित हुदै पढे त्यतिनै मेरो मुटु धडकिन थालेको थियो मेराहात र खुट्टाहरु लुक लुक काम्न थालेको थियो के गर्ने कसो गर्ने दिमागले केहि सोच्न सकेको थिएन त्यसैले त्यो चिठीलाई मैले एक कुनामा ढुङ्गाले थिचेर राखी दिए र घरमा पसे | कसैलाइ सुनाउने हिम्मतपनि थिएन म भित्र जब जब म बाहिर निस्कन्थे तब म ढुङ्गा पल्टाएर फेरी त्यही चिठी पढ्थे , त्यो चिठी पढेको दिन देखि न मलाइ भोक लाग्थ्यो न निन्द्रा नै खालि उसकै तस्बिरमा र चिठीमा आँखा लाग्थ्यो कानभरी उसैले बोलेका सब्दहरु गुन्जिरहन्थ्यो उत्तर लेखे आफुले पनि मन पराउने र माया गर्छु भनेर तर उस्लाई दिने हिम्मत कहाँ मेरो लेख्यो रुमालमा पोको पर्यो अनि बोकेर हिड्यो |

एकदिन ठुलो बुबाको घरमा खाना खान भनि दाजु लिन आउनु भएको थियो म खाना खान भनि ठुलो बुबाकोमा गए अनिश पनि त्यही आएको रहेछ मेरो दाजुको साथि रहेछ उ त्यसैले उस्लाई पनि खाना खान भनि बोलाको रहेछ मैले उस्लाई देख्ने बित्तिकै फेरी मेरो हात खुट्टाहरु लुला भए मुटु ढुकढुक गर्न थाल्यो त्यहा खाना खान पनि मन लागेन जबर्जस्ति अलिकति खाना खाए र बाहिर निस्किए बाहिर पिढीमा बसिरहेको थिए साँझको ब्यला छेउको बोट बिरुवा केहि पनि देखिदैन थियो म जुन हेर्दै बसेको थिए अनिश मेरो छेउमा आएर कानमा खुसुक्क भन्यो , मेरो चिठीको उत्तर खै म कुरिरहेको छु ओहो त्यो बेला त झनै मेरो सात्तो नै लागेको थियो म झसङ्ग झस्किए उ उठेर भित्र गयो मैले दाइलाई घर पुर्याई दिनु भनि बिन्ति गरे तर ठुली आमाले यहि सुत्नु भने पछी नाइँ भन्न सकिन र त्यही बसे |

यसै गरि उसले मेरो चिठीको उत्तर नपाए सम्म चिठी लेखिरहन्छु भनि बारम्बार चिठी लेखि रहन्थ्यो म भने लेखेर रुमालमा पोको पारेर बोकेर हिड्थ्यो | एकदिन उसले चिठीमा मलाइ भेट्ने कुरा र ठाउ तोकेर पठाएको थियो भोलि पल्ट बिहान म डराउदै डराउदै त्यही ठाउमा पुगे उ त्यहा आएको थियन म त्यही ठाउमा एकछिन बसेर घर फर्के घर आएर चिठी हेर्छु त छैन पक्कै बाटोमा खसेको हुनु पर्छ भन्दै म खोज्न त्यही बाटो हुदै अगाडी बढे अनिश संग बाटोमा नै मेरो भेट भयो उसले सरि आउन ढिला भयो भन्दै बोल्न थाल्यो मैले केहि बोलिन फेरी उसले तिम्रो सबै चिठी मैले पाए , तिमीले यति धेरै चिठी लेखेर मलाइ किन नदेको भन्दै गुनासो पोख्न थाल्यो मैले डर लागेर भने उसले धेरै सम्झायो र बोल्दै गए पछी मन भित्रको डरले पनि म बाट बसाइ सर्यो र म खुलेर अनिश सङ्ग कुरा गर्न थाले हामि बिच धेरै कुरा भयो र फेरी अर्को दिन भेट्ने बाचा सहित हामि हात मिलाएर छुट्यौ |

त्यसपछिका दिनहरुमा भने हामि बिच दिल खोलेर कुरा हुन्थ्यो एउटा साथि सरह यसै क्रममा मेरो घर फर्किने दिन पनि नजिकिदै थियो मैले घर जाने समय भएको कुरा अनिशलाई बताए उ पनि म संगै जान्छु भनि जिद्दी गर्थ्यो त्यस ब्यला मैले तिमि त्यहा गयर के गर्छु कहा बस्छौ भन्दा उसले यो गीत गुनगुनाएको थियो घुमेङ्गे फिरेङ्गे नाचेङ्गे गाएङ्गे एस करेङ्गे साथ रहेङ्गे और क्या , यति उसले के बोलेको थियो मैले भने यो जोक हैन मलाई जानै मन छैन तिमीलाई छोडेर , उसले सम्झाउदै यस्तो भनेर हुदैन तिमीले पढ्नु पर्छ ठुलो मान्छे बन्नु पर्छ म कहिले कहिँ भेट्न आइहाल्छु नि मलाई पनि त तिमि बाट टाढा बस्ने मन कहा छ र तिमि जहाँ भए पनि हाम्रो माया त हाम्रो साथमा छ नि अनिशले सम्झाए पछी म त्यहा बाट छुटे र केहि दिनमा घर फर्के ममी बाबाको साथमा |

मेरो पढाईफेरी सुरु हुन थाल्यो तर पढाइमा कहा मन लाग्नू किताब भरि उसको मुहार देख्थे साथीहरुको आवाज पनि उसैले बोले झैँ लाग्थ्यो म अनिशको मायाले अन्धो र कानो बनेको थिए कसैले केहि भने पनि मेरो ध्यान त्यहा हुदैन थियो महिनामा एक या दुइ पल्ट अनिश मलाइ भेट्न भनि ८ घन्टाको बाटो हिडेर मेरो घर त कहिले स्कुलमा आउने गर्थ्यो यस्तै हाम्रो प्रेम सुरु भएको पनि २ बर्ष भैसकेको थियो पोखरामा ब्रिटिस आर्मीको भर्ना खुलेको कुरा सुनेर अनिश पनि ट्रेनिङ्को लागि जाने सल्लाह गर्न भनि मेरो घर आएकोथियो मैले पनि भबिश्य राम्रो हुन्छ भनि सोचेर आँखा भरि आँसु पारि अनिसलाइ बिदा गरे त्यसपछी हाम्रो भेटघाट हुनै छोड्यो फोनको माध्यम बाट कुरा हुन्थ्यो होला तर अनिशले त्यहा क्याम्प बाट फोन गर्न नमिल्ने रहेछ म संग अनिशको नम्बर थियन दिन भरि रात भरि म अनिशकै कल्पनामा हराउने गर्थे बिहानको घामको पहिलो किरण संगै अनिश पनि फर्केर आइदिए हुन्थ्यो झैँ लाग्थ्यो तर कहा सोचे जस्तो हुदो रहेछ र |

मेरो एस एल सि सकिए पछी मैले पोखरा दिदिकोमा बसेर पढ्ने कुरा घरमा गरे तर आफन्त र छर छिमेकीले सधै भरि बाबा ममीको कान फुके पछी कहा मलाई पढ्न जान दिनु , हुर्केको छोरी यसरि धेरै दिन घरमा राख्न हुदैन फेरी पोखरा जस्तो ठाउ के हो के कसलाई के थाहा एक दिन फलानाको छोरीले जस्तै नाक काट्छ अनि चाल पाउनु हुन्छ यस्तै यस्तै कुराले गर्दा उहाहरुले मेरो बिहे शहरको एक अन्जान व्यक्ति सङ्ग गर्ने निर्णय गर्नु भयो मैले बिहे नगर्ने अफ्नो विचार राखे रोए कराय तर मेरो केहि लागेन मेरो बिहे उहाहरुले गरेरै छोड्नु भयो | म एक जिउदो लास बनि डोली चढेरमलामीको लस्कर संगै अन्जान शहर अन्जान परिवारमा मिसिन पुगे |

बिहे पछी पनि मैले सयौ चिठी अनिशको नाममा लेख्ने गर्थे मेरो एक्लो पनको साथि अनिशसंग बिताएका पलहरु र अनिशको सम्झना हुन्थ्यो | एकदिन नजिकैको पसलमा मेरो फोन आएको जानकारी पसले साउजीले दिनु भयो म हतारिदै गए मैले हलो भन्न नपाउदै अनिश रुन थाल्यो र मेरो साथिसंग नम्बर मागेर फोन गरेको कुरा बतायो त्यति मात्रै हैन मलाइ काठमान्डौको गल्लि गल्लीमा खोजेको र माइत एकदिन आउछिन भनेर नजिकैको होटेलमा २ महिना सम्म कुरेर बसेको कुरा पनि बताएको थियो उसले उ संग कुरा गर्दा गर्दै कति खेर मेरो नयन आँसुले भिजेछ मलाइ थाहा नै भएन | अन्तिममा आफ्नो मुटुलाईढुङ्गा बनाएर मैले तिमि आफ्नो जिबन अगाडी बढाउनु अब म अरुकै भै सके अब देखि यहाँ कहिले पनि फोन गर्ने चेस्टा नगर्नु भनि फोन राखिदिएको थिए मैले त्यसपछिका दिनहरुमा उसले मलाइ फोन त गरेन तर मेरो प्रतिक्षाम बिहे नै नगरी पागल झैँ हिडेको रहेछ यहि कुरा उस्को बुबा आमाले देख्न नसके पछी उस्को बिहे जबर्जस्ति गराई दियको रहेछ |

सबै कुरा त्यागेर अनिश विदेश तिर गयो तर अनिशको श्रीमती भने आमा बन्ने भएको रहेछ अनिश विदेश हुदै उस्को घरमा एक लक्ष्मी भित्रिएको थियो मलाइ त्यो सानो नानि हेर्ने ठुलो रहर भो तर जाने आट म भित्र थियन अनिशकै दिदि पर्नेको साथमा गए ठ्याक्कै अनिशको रुप लिएर जन्मेको त्यो नानि उसैलाई हेरेर अनिशको तिर्सना मेटे त्यसपछी मैले उस्को कुनै पनि परिवारलाई भेट्ने प्रयाश गरिन ४ बर्ष पछी फेरी मेरो मोबाइलमा फोन आयो , त्यो फोन अनिशको थियो फेरी हाम्रो कुरा हुन थाल्यो फोनको माध्याम बाट कोहि नेपाल आउने छन् भने उसले मेरो लागि केहि न केहि पठाई रहन्थ्यो र साथमा एउटा चिठी पनि पठाउथ्यो | अनिशले फेरी पनि हामि एक हुने कुरा गर्न थाल्यो मैले उस्लाई सम्झाए तिम्रो र मेरो यो निर्णयले तिमि र मेरो जिबन त खुसि होला सुखी होला तर हाम्रो निर्णयले बाकि सबैको जिबन बर्बाद हुन्छ त्यसैले यस्तो सोच्नु हुन्न भने पछी मेरो कुरामा उ पनि सहमत हुन्थ्यो |

यहि क्रममा म पनि नेपाल भुमि छोडेर विदेश तिर लागे बिदेशमा हुदा पनि हाम्रो कुरा फोन मार्फत सधै जसो हुने गर्थ्यो , एकदिन अनिश नेपाल छुट्टी मिलाएर गएको थियो अनि नेपाल पुगेर रुदै मलाइ फोन गर्यो के भयो भनि म एकदम आत्तिय उसले बेली बिस्तार लगायर सुनायो अनिश नेपाल पुग्नु भन्दा अगाडी नै उस्को श्रीमती नानि साथमा लियर अर्कै केटा संग भागि सकेको रहेछ म यो खबरले सारै दु:खि भए तर मैले उस्लाई सम्झाउन मात्र सके , त्यस्तै क्रममा मैले मेरो ठुलो बाबाको छोरी संग बिहे गर भनि अनुरोध गरे किन कि दिदि पनि श्रीमान्ले धोका दिएर एक्लो जिबन बिताउदै हुनुहुन्थ्यो तर अनिशले मानेकै थियन मैले जबर्जस्ति गरे पछी दिदि संग बिहे गर्न तयार भयो तर दिदीलाई अनिशले हाम्रो बारेमा सबै कुरा बताएको रहेछ अनि मेरै कारणले दिदि संग बिहे गरेको भनि दिदी पनि बुझ्ने हुनुहुन्थ्यो त्यसैले दिदीले मलाइ धन्यवाद दिनु भयो | त्यसपछिका दिनहरुमा पनि अनिश सङ्ग र दिदि संग मेरो कुरा हुने गर्थ्यो |

केहि महिना पछी म पनि छुट्टी मिलाएर नेपाल गए अनिश मलाइ भेट्न भनि काठमाण्डौ आयको थियो तर मैले भेट्न नसक्ने कुरा बताय पछी अनिश घर फर्केर गएको थियो | यसरि नेपाल गयर आएको पनि आज ३ बर्ष भइसकेको छ तर जुन दिन मैले भेट्न इन्कार गरेको थिए त्यसको केहि महिना सम्म त हाम्रो फोनमा कुरा हुन्थ्यो त्यसपछी भने उस्को नम्बरमा मैले फोन गर्दा सधै भरि सुइज अफ सुनाउथ्यो यसरि धेरै पटक प्रयाश गर्दा पनि फोन सम्पर्क हुन सकेन अनिशको दिदीलाई फोन गर्ने हिम्मत जुटाय र फोन गरे दिदीले बताउनु भएको थियो अनिश त मलेसिया गएको छ त्यसपछी मैले इन्टरनेटको माध्याम बाट फेसबुकमा धेरै चोटी नाम टाइप गरेर खोजे तर भेट्न भनि सकेन | अनिश र मेरो बिछोड भएको पनि आज १४ बर्ष भैसकेछ तर उस्को सम्झना संगै बितायका ति मिठा पलहरु अझै पनि मेरो मानस पटलमा ताजै छ |हो अनिश पछी मेरो जिबनमा धेरै पुरुषहरु आय सबैले मायाका फुलहरु बर्साय नजिक हुन खोजे धेरै सङ्ग बोले तर आज कसैको पनि याद आउदैन अनिशको भने हर पल याद आउछ म अनिशलाई चाहेर पनि भुल्न सक्दिन , सायद अनिश नै मेरो पहिलो प्रेम थियो र अन्तिम पनि |||||||||
"गीत"
पल पल आउछ याद तिम्रो सकिन भुल्नलाइ
यो जुनिमा रैन रैछ संग संगै जिउनलाई

नभनिदेउ निस्टुरि बाध्येतामा टाढा हुदा
साउने झरी बर्सी दिन्छ एकान्तमा मैले रुदा
जब आउछ तिम्रो याद बेदनामा आसुँ झर्यो
तेही यादले आज मलाई मर्नु न बाच्नु पार्यो

त्येसैले त बाध्य छु म आसुँ मात्र पिउन लाइ
यो जुनिमा रैन रैछ संग संगै जिउनलाई

निर्दोष थियो हाम्रो माया कसको आखा लाग्यो
आफै संग जिन्दगि हेर आज धेरै टाढा भाग्यो
संगै जिउने बाचा हाम्रो दुइ किनार पारि दियो
नाफक्रिदै दिलको फुल कुन पापीले झारी दियो

चाहा थिएन मलाई पराइ दिलमा फुल्नलाइ
यो जुनिमा रैन रैछ संग संगै जिउनलाई

नोटकसैको जिबनमा मेल खाएमा संयोग मात्र हुनेछ |

दुई मुक्तक,




गुलाबी यो मौसममा प्रेमिल त्यो दिल सम्झे
तिमी पारी म वारी आकाशी त्यो झील सम्झे !
फूलहरुको मौसममा सोरठी र झ्याउरे गाँउदै-
लुकी लुकी तिम्मलाई हेर्ने सल्लेरीको डिल सम्झे !!

******************************
आदर्श हो माया तिम्रो छातीभरि राख्न सकुँ
उतार चढाव सहेर नि नदीसरी बग्न सकुँ !
बेचैनिलाई दबाएर जून सरि मुस्काउँदै-
हरपल हरमोडमा तिम्रै खुशी माग्न सकुँ !!

कबिता 

शान्त्वना दिन्छौ किन मलाई



                        -शुसीला थुलुङ्ग

जानेर तिमी गल्ति गर्यौ,
भूल भनेर फेरि अन्जानी बन्यौ
शात्वना दिन्छौ किन मलाई धोका दिएर
जिएको छु म टुक्रा-टुक्रा मुटु सिएर

हाँस्न खोज्छु अडि्कन्छन् गला
फुत्किनन् कहिले खित्काहरु
वर्तमान हेरि जिउन खोज्छु
जिस्काउँन थाल्छन् अतितका पानाहरु
शान्त्वोना दिन्छौ किन मलाई धोका दिएर
जिएकोछु म टुक्रा-टुक्रा मुटु सिएर

उमेर मेरो ढल्कि सक्यो
त्यो जवानी कसरी पाउँ
रुनु त म रोइ नै सकेँ
हाँसेर अब बगेको आँशु कसरी पाउँ
शान्त्वोना दिन्छौ किन मलाई धोका दिएर
जिएकोछु म टुक्रा-टुक्रा मुटु सिएर ।


    कथा 

नयाँ मेम साहब !


भरखर झरी परेर रहेको हो क्यार बलेँसीमा तप्क्यानीहरू अल्छी लागी लागी तप्किँदै थिए। पल्लोपट्टि घरको भाले एकपल्ट पखेटा ठोकेर बास्यो। पारि स्याल पनि करायो  एकपल्ट। त्यसपछि लगातार भुस्या कुकुरहरूको अल्छे भुकाइहरूको क्रम निकैबेरसम्म चलिरह्यो। उसलाई पटक्क निद्रा परेन अब। उ जुरुक्क उठ्यो, बत्ती बाल्यो र सिरानीमनिबाट एउटा फ्लेक निकालेर सल्कायो। उसले निकैबेर सोच्यो मन-मनै अनि आफै बर्बरायो – विनिता कसरी यहाँ छे अचम्म?”
त्यही प्रश्न घरि घरि चुरोटको धुवाँसँग गुँडुल्किएर माथि सिलिङमा ठोकिएर प्याट्ट फुट्थ्यो।  
हिजै मात्र उ यहाँ आएको, नयाँ बडाबाबु भएर। यहाँको साहबसँग औपचारिक्ताका कागज-पत्रहरू बुझाएर गफ गर्दा उसमा (साहबमा) प्रशस्तै इमान्दारीपन देखेको थियो उसले। प्रथम दिनमै उ प्रभावित भएको थियो साहबसित। कुरा र उमेर मिलेकोले हो कि केले हो केही घनिष्टता पनि स्थापित भएको थियो। आफू पनि नयाँ बडाबाबु, एउटा नयाँ जोश, उमंग र रवाफ थियो उसमा। चौकी वृद्धि जे जसो होस् वेतन वृद्धि अवश्य भएको थियो; यसैमा सन्तुष्ट थियो - उ। घरका दुई जना भल्ट्याङ-भुल्टुङलाई बगडा चेपाएर स्वास्नीलाई एउटा सानो मुन्द्री लगाइदिएकै थियो। हुन त दस-बाह्र वर्षको नोकरीले केवल एउटा मुन्द्री किन्न सक्नु के गरेको भन्नु रतर अवस्था नै त्यस्तै थियो, परिस्थिति नै त्यस्तै थियो। 

उ जस्तै सर्वहारा उसको छिमेकीले त झन केही गर्न सकेको थिएन। अहिलेको यो महँगाईमा यो वेतन त केवल ऐना जस्तो हो, थुक-तेल गर्न नसक्नेको त भान्सा नै टुट्ला जस्तो हुन्छ। र पनि यिनीहरू देश अघि गद्दारी गर्दैनन्
ईमानदार भएर कर्तव्य निभाउँछन्। तर कहिले काहीँ भने रमेश बाबुको आलीशान घर देखेपछि भने उसको छाती चिरिन्थ्यो। पार्टीको कारिन्दा भएर हिँड्न थालेको कति पनि भाको छैन, काठको घर लडाएर गतिलो बिल्डिङ ठोकिरछ। लामो बिदामा घर जाँदा गाउँ-घरकाहरू रमेश बाबुकै गुण-गान गर्छन्। रमेश बाबुको लामो हात छ रे, धेरै माथिसम्म पहुँच छ रे, मन्त्रीसम्मले उसले भनेको बचन खान्छ रे भनेको सुनेर उ छक्क पर्थ्यो। यत्रो लामो अवधिसम्म सरकारको बफादार भएर सेवा गर्नेलाई चाहिँ चिन्नधरि चिन्दैनन् उनीहरूले भन्ने लाग्छ उसलाई।
कहिले-काँही वेतनले महीना नठेल्न नठेल्न खोज्दा त उसलाई पनि रमेश बाबु हुन मन पर्थ्यो। अफिसको बाबु हुन भन्दा रमेश बाबु हुनमा नाफा देख्थ्यो उसले। कतिजना आफ्नै सहकर्मी बाबुहरूले पनि मासिक वेतन र यता-उता झ्याप गरेर बजार छेउ सानो-तिनो  घर जखेकै छन् – उ गम्छ। कसो कसो गरेर हेर्दा जिन्दगीको पल्लो पाटा निकै अँध्यारो देख्छ उ। यसरी सोचाइका पहलुहरू अँध्यारा, बेरसिला र अव्यवस्थित पाटामा पुगेपछि उ फेरि आफ्नो मनलाई उही प्रश्नमा थुराउँथ्यो – साँच्चै उ कसरी यहाँ छे?”
उसका मनहरू विस्तारै बगेर अतीततिर डुब्दछ। लगभग आठ वर्ष अघिको कुरो हो, त्यसताक उ क्लर्क थियो। त्यतिबेलाका उसको साहब पनि साह्रै राम्रा थिए। उसले पनि आफ्नो साहबको सानो खातिरदारी गर्दैनथ्यो। साँझ-विहान साहबकोमा जाने गर्थ्यो। साँच्चै राम्रो हेलमेल थियो उनीहरूको।
एकदिन साँझपख साहब निकै ग्वाँ-ग्वाँ रोएर उसको अघि मनमा अपर्झट परेको चोट पोखेको थियो। साहबको छोरी विनिता दोजीया भएकी कुरो सुनेर एकपल्ट त उ पनि तर्स्यो। त्यसै घृणा उत्पन्न भएको थियो – साहबसित, सधैं घराना र इज्जतको ख्याल नराखी सबैलाई माया गर्ने विनितासित। कहीँ छल-कपट र आडम्बरको छाँयाधरि नपरेको विनिता कसरी यति तल गिरीउसको मनमा प्रश्नै-प्रश्न उठे पनि साहब र उ बीचको स्तर र अवस्थाको फाँटभित्र ती प्रश्नहरू त्यसै बिलाएको थियो। त्यतिखेर औचित्यहीन भएपनि समय र अवस्थालाई समीकरण गर्न सहानुभूतिपूर्वक एउटा प्रश्न यसै सोधेको थियो – अब के गर्नुहुन्छ सर?” उसका मनमा उठेका थुप्रै सुझाव र सल्लाहहरू पनि उही फाँटले छेकिदिएको थियो।
साहबले निकैबेर थुप्रै गन-गन गरेपछि  मलाई विश्वास लाग्दो तिमी नै छौ। अहिलेलाई मेरो लाज राखिदेऊ बदलामा म जे पनि गर्न तयार छु।” भन्दै एक्कासी उसको गोडा समात्दा उ खङ्ग्रङै भएको थियो। बाजको अप्रत्यासित आक्रमणमा आत्तिएको चिङना झैं उसले त्यतिबेला बलैले – म..म.. कहाँ सक्छु र? मलाई माफ गर्नोस्। भनेर उ कुदेको कुद्यै आफ्नो घर पुगेको थियो।      
भोलिपल्ट बेलुका विनिता उसको कमरामा आएर धेरैबेर रोएकी थिई। गहभरि आँशु पारेर याचनाभरि स्वरमा भनेकी थिई – मलाई अप्नाऊ मिलन! मलाई ठूलो धोका भो। मलाई बचाऊ....”  उसले मूक भएरै आफ्नो असहमति जनाएको थियो। मेरो कठोरतादेखि हारेर विनिता निकै राती रुँदै बाहिरिएकी थिई।
त्यसपछि के हुन्थ्यो र! साहब आफ्नो स्थानान्तर गराएर कुन्नि कता गए। निर्विकल्प विनिताको अनुहार गाडीमा चढ्दा उस्तै देखेको थियो उसले।
दाइ चिया!”
बाहिरबाट आएको आवाजले उ वर्तमानमा आउँछ। उज्यालो भएछ – साँच्चै रमाइलो। चिया पिउँदै उसले सोच्यो –त्यतिखेर मैले विनितालाई अप्नाएको भए! आखिर उसलाई म जस्तै कुनै पुरुषले नै धोका दिएको थियो..’ कस्तो कस्तो पश्चताप र आत्मग्लानिको तुवाँलो छातीभरि उर्लिएर उकुस-मुकुस बनायो उसलाई। जेभए पनि बडाबाबुपनको दोस्रो दिने जोशले त्यो मानसिक तुवाँलो केहीक्षणमै हटाइदिएपछि कपड़ा फेरेर उ होटलतिर हिँड्यो।
उ होटल अघि, खाना खाएर अफिसका लागि केही समय रहेकोले उभिरहेको थियो। पर एउटा दोकानको भीडभित्र उसले आफ्नो साहब देख्यो। उसले त्यहीँ गएर नमस्कार गरेपछि साहबले उसैको गाडीमा अफिससम्म जाने आग्रह गर्दा उसलाई आफ्नो नयाँ साहब मानवतादी लागेको थियो।
ड्राइभरले गाडीको पछाडिको दैलो खोलिदिएपछि उ यन्त्रवत भित्र पस्यो। अचानक उसको छेउमा उही विनिता र एउटा सात-आठ बर्षे बालक देख्दा उ एकपल्ट त गजबले तर्स्यो। अनुशासनले दिनु हो त सायद उ गाडी छोडेर भाग्ने थियो। तर कसो कसो त्यो तनावपूर्ण वातावरणलाई साहबले अघिल्लो सिटबाट पछि फर्केर – यहाँ मेरी श्रीमती विनिता र छोरो दिनेश! अँ यहाँ चाहिँ हाम्रो अफिसको नयाँ बडाबाबु मिलन। भनिदिएपछि अलिक तनावहीन महसुस गर्यो उसले।
उसले आफ्नो नयाँ मेमसाहबलाई आजभन्दा आठ बर्ष अघि झैं एकपल्ट फेरि नमस्कार गर्यो । विनिताले पनि नमस्कार फर्काउँदै आठ बर्ष अघि झै उसरी नै मुसुक्क हाँसि दिई ।

    कथा 

अन्तिम मलामी

                                                                                                                                                                                                                                                                                                                                                                                                  - कृष्णदेव रिमालयतिखेर कसैले सोधेमा मैले आफू मलामी भएको परिचय दिनै पर्ने हुन्छ । मेरो अगाडि चिता दन्किरहेको छ । दागबत्ती दिनुभन्दा पहिले मूढाहरूको चाङमाथि शव सुताइएको थियो । मृतकका छोरा रमेश शोकाकूल थिए , विह्वल थिए । अनिवार्य नियतिलाई भोग्न बाध्य थिए र सो भोग्दै थिए । बत्ती लिएर तीन पटक लडखडाउँदै चितामाथिको शव घुमेपछि टक्क रोकिए रमेश । संस्कार—निर्देशकहरूको निर्देशन नसुनेर होइन, मन सुन्निएर तन नचल्नाले मात्र हो । रमेश एकोहोरो टोलाइरहे । मनको आँखाले जिउँदा बालाई पो देख्न थाले । पुरोहितको दोस्रो आज्ञा आएपछि झस्किएर उनी हल्लिए र हत्पतिए झैं गरेर बाबुको मुखमा दाग नामधारी बत्ती झोसे । कपूर,घिऊ, तुलसीको डाँठ,पराल अनि मसीनु पारेर चिरिएको समिधा हुँदै काला टुप्पा भएका पँहेला आगाका लप्काहरू यमानका मूढाहरूतिर सल्कँदै गयो । आगाको अघोर दन्काइभित्र शव अदृष्य हुँदै गयो । रमेश आँखा चिम्म पारेर आकाशतिर फर्किए । सन्नाटामय रातमा सबै मलामीहरू मसँगै रमेशका दायाँ बायाँ बसेर दृश्य दन्काउँदै थिए । रमेश आकाशतर्फ फर्किएपछि म पनि आकाश हेर्न थालेँ । 

शुक्ल द्वादशीको वृत्ताकारोन्मुख चन्द्रमा चिताको ठीक माथिको आकाशबाट आर्यघाटीय कृत्यानन्द लुटिरहेथ्यो । चन्द्रमाको छेवैमा एउटा गजवको तारा आफैंलाई सजाएर चम्किरहेको थियो । बाँकी आकाश कालो थियो । मर्नेहरू तारा बन्छन् भन्ने कथा सुनेको थिएँ । त्यो एक्ले ताराले मलाई कस्तो कस्तो बनायो । रमेशलाई तारा देखाउँ देखाउँ लागेर आयो तर यस युगमा यस्ता कुराले उनको आहत घट्ला भन्नेमा आफैँ अविश्वस्त भएँ र देखाउन सकिन ।

केही घण्टा अघि शिवपुरी लेक वर्षामय थियो । अहिले उर्लिरहेको वागमतीले सोको पुष्टि गरिरहेछ । आज वागमतीमा ढलको दुर्गन्ध छैन बरु पाँगो माटोको सुगन्ध आइरहेछ । हज्जारौँ घनमिटर माटो पानीसँग लुटपुटिएर बंगालको यात्रा तय गर्दैछ । वास्तवमा वागमती उर्लिएकै दिन त हो नि काठमाण्डु सफा हुने । हरेक सालको वर्षाले यस उपत्यकाको सभ्यतामा उर्जा थप्ने गरेको छ । सो आज पनि थपिएको भान भैरहेछ । 

वागमती नदी मानवको पर्याय झैँ पो लाग्छ त आजकल । साँच्चै दुबै उस्तै छन् । कुशासनको ढल मानव जीवन माथि छङ्छङी खसालिएका बखत ढलाम्य वागमती भन्दा मानव जीवन कति पो टाढा बोध हुन्छ र । अहो, आज वागमतीमा ढलको दुर्गन्ध छैन ! केवल धमिलो पानी बग्दैछ । वागमती ठूलो छ आज, त्यसैले ढलहले छोप्न सक्या छैन बरु अदृश्य भएका छन् तिनिहरूनै । मैले मनमनै भनें– चार दिनको चाँदनी फेरि अँधेरी रात नभैदिउन् वागमती त्यसैगरी, जसरी जनआन्दोलनका भेलहरूले भत्काएका अव्यवस्थाका पर्खालहरू मुटुको शूल बनेर नठडियून् जनजिन्दगीहरूमा ।

म ढलनगरस्थित कल्पनाकोठीमा घुिमरहँदा पुरोहितले म नजिकै बसेका रमेशलाई बोलाए । म झसङ्ग भएँ । रमेश चिता नजिकै पुगे । अलिकति चामल,जौ,तिल कुश अनि एउटा टिलो बाबुको चिता नजिकैको भुईँमा चढाए । अलिकता जल पनि चढाए । फर्केर मनेरै आएर बसे रमेश ।

पाटीको टुँडालमा एउटा बाँदर सुतिरहेको थियो । चिताको तातोमा ऊ आह्लादित झैँ लाग्थ्यो ।ऊ एक्कासी थाम हुँदै सुलुत्त तल झ¥यो । चिता नजिकै गएर टप्पाटपी चामल टिपेर खान थाल्यो । ऊ असाध्यै खुसी देखिन्थ्यो ।उसले मानिसलाई उपकारी प्राणी सम्झेझैँ लाग्थ्यो ।अनुग्रह मिश्रित आँखाले पुलुक्क मलामीको लामतिर हे¥यो । मलामीको मौनताले उसलाई अझै हौस्यायो अनि ढुक्कसँग पेटभरी चामल खायो । सिनित्तै पारेर चामल ननिखारेसम्म ऊ चनाखो भएर खाईरह्यो ।सकिएपछि फेरी टुँडालमै गएर मजाले सुत्यो ।यसरी लाशको आशमा टुँडाल कुर्ने अनि चिताको रापमा अलमस्त सुत्ने यस्ता बाँदरहरु यस देशमा कति होलान् भन्ने चिन्ताले म खग्रास भएँ । 

वाग्मतीपारी एउटा भजनटोली शिव आरतिमा तन्मय देखिन्छ ।शंकराचार्यकृत शिवस्तोत्र, रावणकृत शिवस्तोत्र र अन्य शिव भजनहरु संगीत सहित गुञ्जीरहेका थिए ।साँच्चै भजन शान्तीकारक अभिव्यक्ति रहेछ । साङ्गीतिक सघनताले पाशुपत क्षेत्रको आकाश घनिभूत भए झैँ अनुभव भइरहेथ्यो । आफन्त वियोगको पीडामय क्षणमा समेत संगीतले राहत पस्कँदो रहेछ । नत्र त रमेश बेला बेला चिताबाट ध्यान झिकेर पारी संगीत टोलमा नपु¥याउँदा हुन् नि । आफन्त वियोग र संगीत सामिप्यताको बिच सायद कुनै अन्योन्याश्रीत संबन्ध पो छ कि । 

अलिपरको एउटा अर्को चिताबाट बियोगपिडा विभुभर मडारियो ।नारी चित्कारहरु हाम्रा कानैसम्म आइपुग्यो । अरण्य रोदनको आवाजले अनायास म थाहै नपाइ उतै खिंचिएछु । चारवटी महिला मुख जोडेर अँगालामा बाँधिएर रुँदै थिए । रोदन मिश्रित आवाजहरु उति बुझिएनन् । अभिब्यक्त विरह नेपाल भाषामा भएकोले पनि कम बुझिएको हुन सक्छ । "ए माँ जित त्वता छाय् वना, जी गथे याना म्वाना च्वने ।" यस्तै थिए पिडाका स्वरहरु । 

जाने गैगए यसरि नरोए हुने नि । मेरो मनले अघिनै देखि भनेको कुरा यतिखेर प्वाक्क मुखबाटै निस्केछ । सुनेपछि एकजना मित्र मलामीले प्रतिक्रिया जनाइहाले । हम दो हमारे दो भन्ने कुरा बुझेका मान्छे यसरी रुँदैनन् ।

यो त भारतिय परिवार नियोजनको नारा जस्तो पो छ । नेपालीमा पनि यस्तै नारा छ — हामी दुई हाम्रा दुई । मैले प्रतिक्रिया जनाएँ ।

मित्र मलामी—त्यो त प्रष्टै छ नि ।

म —अनि अप्रष्ट चैँ के छ त ?

मित्र मलामी —यसको लाक्षणिक अर्थ छ । 

म —??? 

मित्र मलामी —'हम दो भनेको आत्मा र परमात्मा, हमारे दो' भनेको शरीर र संसार । परमात्माको एक अणु आत्मा हो । हरेक आत्माहरु परम् आत्माबाट स्खलीत बुँदहरु हुन् जो पुनः परम् आत्मामा एकाकार हुन्छन् । आत्माको स्खलन आधार शरीर हो । शरीर सांसारीक भौतिक बस्तुहरुबाट निर्मित छ । यस अर्थमा संसारबाट स्खलित शुक्ष्म इकाइ शरीरहरु हुन् , जो पुनः परम् संसारमा एकाकार हुन्छ । आमा जीबको छातिमा बच्चाजीब खेलेजस्तै संसारको छातिमा शरीर रङमङीन्छ र समय भएपछि त्यही संसारमा मिल्न जान्छ । 

चिता पखाल्ने बेला भो । मृत शरीर खरानी बनेर वाग्मतीमा बग्यो । त्यही चितामा भर्खर सुताईएको भर्भराउँदो अनुहार भएको शव अब छैन । चीता उजाड छ । सबै मलामी फर्के म पनि फर्केँ । बाटाभरी अनेक तर्कनाहरु ज्वार झैँ उर्लिएको मन बोकेर हिडिरहेँ । स्वास्थ बजेटहरुको मलाम जान पाए हुन्थ्यो । किन यसरि उपचार नपाएका असामयिक मृत्युहरुको मलाम जान परिरहेछ । जीवनजलको कमिशन खानेहरुका मलाम जान पाए हुन्थ्यो । किन यसरि झाडापखालाको कारण मर्नेहरुको मलाम जान परिरहेछ । कुशाशनको मलाम जान पाए हुन्थ्यो । किन यसरि सभ्यताहरुको मलाम जान परिरहेछ । 

म घर आइपुगेको छु । मलामीको परिचय सकिनु पर्ने हो मबाट तर मलामीबोध अझै हटेन । रातभरी मलामी गैरहेछु जस्तो लाग्छ । कैले शुशाशनको मलामी जाँदैछु झैँ लाग्छ कैले सभ्यता मुर्दा भैmँ बाँधिएर मेरो अघि अघि चितातिर गैरहेछ जस्तो लाग्छ । हे मेरा मित्र मलामीहरु मलाइ अझै मलामी जान मन छ । एक पटक फेरि सबै मलामी जाउँ । एकैचोटी थुप्रै लाशहरु बोकेर मलामी जाउँ । अशिक्षाको हत्या गरौं र त्यसकै मलामी जाउँ । अविकाशको हत्या गरौँ र त्यसको मलामी जाउँ । अन्धकारको हत्या गरौँ र त्यसको मलामी जाउँ । समग्र कुशाशनको हत्या गरौँ अनि विजयोत्सव मनाउँदै त्यसकै मलामी जाउँ । आउनोस मित्रहरु म अघि लाग्न किञ्चित र किमार्थ हिच्किचाउँदिन । अव हामी अन्तिम मलामी जाउँ । हो अन्तिम मलामी जाउँ ।