कविता
''आमा''
आमा नौ महिना कोखमा राखी जान्मायौ
ति कलीला हातहरु समाइ हिंड्न सिकायौ
तोते बोली सँगै ज्ञानको ज्योति दिलायौ
कही कतै खोट अनी चोट नलगाइ हुर्कायौ
दश नंग्रा खियाएरै पनि सक्क्षम नागरिक बनायौ
आफ्नो आसुँ र पिर छातीमा दबएरै भएनी
सुख, खुशी अनी ममता दिलायौ
आज आएर तिमीबाट धेरै टाढा छु
तिमीले नै दिएको ज्ञान, उपदेशलाई अंगाली
संघर्षमय जीवनको गोरेटोमा पाइलाहरु चाल्दैछु
बिदाइको बेला तिम्रो झरेको दुइथोपा आसुँ
सधैं छातीभित्र सम्हाली राखेकी छु
आमा तिम्रो ति स्नेहको छालहरु
सधैं मेरो मानसपटलमा छचल्किरहेकोछ
तिम्रो निस्चल, कंचन, पवित्र माया
हरपल मुटुभित्र दुखिनै रहेकोछ
साच्चै आमा तिमी महान छौ
कहिलै नरित्तिने स्नेहकी खानी हौ
तिमी नै पूजनिय,सृस्टिकर्ता हौ
तिम्रै मायामा हराउन ,रमाउन पाउ
यो जन्म मात्र त के होर,
सयौ जन्म तिम्रै कोखमा जन्मन पाउसयौ जन्म तिम्रै कोखमा जन्मन पाउ।।
No comments:
Post a Comment