Saturday, April 6, 2013





 गजल

माया पाउन झुटो बोल्न, पर्दैननी प्रिये,
गरि कुरा आकाश-तारा, झर्दैननी प्रिये!
कशम खानु सधै यहाँ, दन्ते कथा भयो,
चोखो माया अमर हुन्छ, मर्दैननी प्रिये!!
माया भए मेरो नजिक,आऊ संगै जिऔ,
अमर प्रेम टाढा कतै, सर्दैननी प्रिये!!!
भोलिको केहि ठेगान, नासोच्नेले कहिल्यै,
जिन्दगीको लामो सगर, तर्दैननी प्रिये!!!!
किशन "दिप्त"
पाँचथर,हाल:-दोहा,कतार 

No comments:

Post a Comment