Sunday, April 7, 2013


      कथा   

ती दुइ निर्दोष आँखाहरू


                                                                                                                                                                                              
रमेश विकल

तीन पुगेर चार मात्र लागेको छ ऊ । फराकिलो निधार, चम्किला बडाबडा आ�खा, ऊ कुनै तल्लो वर्गको श्रमिक वर्गको छोरोजस्तो पटक्कै लाग्दैन । तर, ऊ पहाडको किसानकै छोरा हो । किसान पनि अर्धकिसान । पश्चिम पहाडमा एउटा सानो गाउँ थियो, गर्भे । त्यसैको पुछारमा एउटा सानो झुप्रोमा उसको बाबु बिर्खे- बिर्खबहादुर र आमा दिलमाया दुःखजिलो गरी बसेका थिए । तर, पहाडमा मारकाट चल्न थालेपछि उनीहरू मैदानतिर झरेर एउटा सानो सहरनजिकै गाउ�मा बस्न थालेका थिए ।

बिर्खबहादुर उमेर त्यति र्घर्किइनसकेको केही गरौ�ला भन्ने हिम्मत उसमा । ऊ नजिकैको सहरमा साहूहरूको भारी बोक्छ । अनि घरसर बनाउने काममा ठेकेदारहरूको काम पनि गर्छ । त्यसरी उसले एक पेट खान-लाउन पुर्‍याएर पनि दिलमायाको नाक, कान, घाँटीमा एकसरो सुन पनि भिर्दिनसकेको छ । दिलमाया पनि गाउ�का ठूला ठालुका धन्दा चुलो गरेर केही न केही आर्जन गर्छे।

यसपल्ट बिर्खेले ठेकेदारबाट झन्डै एक महिनादेखिको ज्याला पाएको छैन । त्यसैले उसको भण्डारमा फाँकमुठी पनि छैन । त्यसैले ऊ ज्याला उठाउन गएको फर्केको छैन । दिलमाया आफ्नै करेसाबारीबाट तिहुन ल्याएर केलाउन लागेकी छ । सानो छोरो भुन्टे भोक लाग्यो भनेर रोर्‍याइ गरिरहेको छ । "आमा भात किन नपका' - हाम्लाई भोक लाग्यो भन्या भात दिनु हाम्लाई ।"

सा�झ पर्न लागिसकेको छ । बिर्खबहादुर यतिखेरसम्म पनि आएको छैन । दिलमाया च्या�ठिन्छे, "भोक लागे म के गरौ� त - बा पैसा उठाउन जानुभा'छ । पसलबाट चामल, पीठो, नुन, तेल, मसला ल्याउनुहुन्छ । अनि पकाउ�ला ।"

तर, भुन्टे कराउन छोड्दैन । केटाकेटी हो, उसलाई घरमा केही छैन भन्ने के थाहा । उसको बिलविलाउ�दो मुख हेरेर दिलमाया भित्रभित्रै कल्पिन्छे । अनि त्यसैबेला झोलामा सामल बोकेर बिर्खबहादुर भित्र पस्छ । दिलमाया झोलाको सामान हेरेर असन्तुष्ट स्वरमा भन्छे, "यति मात्रै - दुइ-तीन दिनलाई पुग्दैन ।"

"के गर्ने हेर न � त्यो मोरो राणा बाउ ठेकदारले पूरा पैसै दिएन । हजारवटा रुपिया� फालिदियो । त्यत्न पैसा बा�की छ । एक मन त त्यो पैसा त्यसैको मुखमा हिर्काएर आउ�mजस्तो लागेको थियो । तर, यो भुन्टेको पिलपिलाउ�दो अनुहार सम्झे� । अनि पा�च सयको सामल ल्याए�, दुइ-चार दिनलाई भए नि पुग्छ भनेर । पा�चोटा सयचै� पैसै ल्याएको छु । केही परिहाल्ला भनेर "लौ ला, राख ।" बिर्खबहादुर जगमा पानी लिएर हातगोडा धुन भनेर बाहिर निस्क्यो । केहीबेरपछि हातगोडा धोएर भित्र पस्यो ।

"आमा � हाम्लाई भोक लाग्यो भन्या, भात दिनु ।" सानो भुन्टे रोड्याइ� गरेको गर्‍यौ थियो । बिर्खबहादुरले टीठलाग्दो गरी उसको मुख हेरेर भन्यो, "ए झट्टै भात पका न त । मलाई पनि भोकले खरो भैरा' छ ।"

दिलमायाले टुकी बाली । अनि भान्छाको सार्दाम ठीक गरेर दमचुली -स्टोभ) सल्काएर भात बसाली । तिहुन पहिले नै पकाएर झिकी । भात छड्कन थाल्यो । बाहिर रात निकै छिप्पिइसकेको थियो । त्यसैबेला ढोका घर्‍याक्क खोलेर दर्ुइ जना बन्दुके भित्र पसे । चाइ�चुइ� केही नगरी एउटाले बिर्खबहादुरलाई लडाएर घा�टीमा खुकुरी तेर्स्यायो, "तै� होइनस् हाम्रो सुल्सुले लाग्यो -"

"होइन के गरेको तिमरुले - को हौ तिमरु -" दिलमाया आतेसले चिच्याउन थाली । बाबुलाई लडाएको, आमा चिच्याएको देखेर सानो भुन्टे अताल्लिए रुन थाल्यो । अर्को चाहि�ले उसलाई सातो खायो । भुन्टे डरले चुप लागेर ओछ्यानमा घुस्य्रो ।

"पापी राक्षस हो । एउटा खाली हातको मान्छेलाई अत्तेचार गर्र्छौ - ... मर्द हौ भने आओ मस�ग जुध्न ।" दिलमाया नजिकैको खर्ुपा उझाउ�दै रणाचण्डीझै� गर्जंदै उनीहरूतिर झम्टिछे । तर, अर्कोचाहि�ले उसको खर्ुपा समातेको हात समातेर बेस्सरी बटार्‍यो । खर्ुपा भुइ�मा खस्यो । यतिञ्जेलसम्म पछिल्लोले बिर्खबहादुरको घा�टी कसाइ�ले रा�गो बोको रेटेझै� रेटेर टाउको छुट्याइसकेको थियो । मझेरीमा रगतको ताली बनिसकेको थियो ।

दोस्रो चाहि�ले दिलमायालाई जकडेर विवश तुल्याएर भित्तामा अ�चेटेको थियो । यसले पहिलोलाई सम्बोधन गरेर कुत्सित पाराले भन्यो, "कसो, भाइ � यसले त मर्द खोजेकी जस्ती छ नि - दिऊ� यसलाई मर्द -"

"ठीकै छ । यस्ता बरा�ठस�ग कुस्ती खेल्नु मजै हुन्छ ।" पहिलोले त्यही� किलामा झुन्डिएको पुरानो लु�गीले रगतले भिजेको खुकुरी पुछ्तै भन्यो । अनि दुवैले दिलमायालाई हात बा�धेर मुखमा कपडाको बुझो कोचेर मझेरीमा लडाए । अनि दुवैले पालैपालो आफ्नो पाशविक यौनतृष्णा मेटे । सानो पुन्टे सातो गएर एउटा प्लास्टिकको निर्जीव पुतलीझै� भएर हेरिरहेको थियो ।

आफ्नो पशुक्रीडा सकेर दुवै उठे । अनि कुत्सित हा�सो हा�स्दै अश्लील पाराले पहिलोले भने, "भाइ, यो बराठ आइमाईस�ग कुस्ती खेल्दा भोक पनि लाग्यो । केही खान पाए ।"

"हो, मलाई पनि भोकले तालाबाला खेलाएको छ । हिजोदेखि यही सफाइ दौड म कुद्दाकुद्दा एक मुठी अन्न पनि पेटमा पर्‍या होइन � हेर न यसो केही पाइन्छ कि," दोस्रोले भन्यो र दुवै मिलेर खानेकुरो खोज्न थाले । पहिलोको आ�खा भान्छाको भातको कसौ�डीमा पर्‍यो । उसले खुसीको स्वरमा भन्यो, "भाइ � कसौ�डीमा भात छ जस्तो छ नि � हेर हेर ��"

दोस्रोले दमचुलीबाट कसौ�डी उतारेर हेर्‍यो अनि चहकि�दै भन्यो, "रे'छ भाइ भात त, भर्खरै पकाएको, तात्तातै छ । स्टोभ पनि भर्खरै निभेको जस्तो छ । ए, यहा� तिहुन पनि रहेछ । लौ थालौ� । पेट पूजा गर्न ।"

दर्ुइ लास र रगतको तालबीच दुवै हिंस्रक जनावरहरूले आफ्नो हृदयहीन, पशुभोज मनाए । अनि जाने तरखर गर्दै दिलमायाको अचेत शरीरतिर हेरेर दोस्रोले सोध्यो, "यसलाई के गर्ने - यतिकै छोडिदिने -"

"किन छोड्ने त्यसै बोल्ने जोखिमलाई - पुर्‍याइदिने उसको लोग्ने गएको ठाउ�मा," पहिलोले क्रूर स्वरमा भन्यो । अनि का�धबाट बन्दुक उतारेर अचेत शरीरमा गोली हानेर पर्ूण्ामृत तुल्याइदियो । त्यसपछि बाहिर निस्किएर अ�ध्यारोमा हराए ।

अ�ध्यारो रातको बीभत्स नाटकको पहिलो यवनिका पतन भयो ।
अनि फेरि दोस्रो दृश्यको पर्दा उठ्छ ।
भित्र उही पहिलो पर्दाकै दृश्य छ । त्यसैबेला अर्का दर्ुइटा बन्दुकधारी दृश्यमा पस्छन् । ती पनि पहिलेकै जस्तो फौजी पोसाकमा छन् । का�धमा बन्दुक छ । भित्रको त्यो बीभत्स दृश्य देखेर दुवै जना एकछिन अलमल्ल पर्छन् । अनि एउटाको बक फुट्छन्, "ए जोडा � यहा� यो हत्याकाण्ड मच्चाएर ती आतङ्ककारी त फर्ुर उडिसकेछन् । हामी त आज पनि ढिला भएछौ� । सधै� हामी अपराधीभन्दा चार पाइला पछाडि नै पर्र्छौं । मरेपछि ओखती भन्याजस्तो ।"

"गर्ने के त यार � आदेश नै ढिलो गरी पाउ�छौ� । माथिका आदेश दिनेहरू आफ्नै मोजभोजमा मस्त भएर सबै कुरा बिर्सिन्छन् । अनि माझीको सल्लाहले सय घर डुबिसक्यो भन्याझै� सबै हुने कुरा भैसकेपछि अनि हुकुमको गोली दाग्छन्, "लौ फलानो ठाउ�मा हमला हु�दैछ रे । कुदिहाल कारबाहीमा । कति सजिलो," दोस्रोले भन्यो ।

"त्यै त । हाम्रो मात्र ज्यानै नभएजस्तो । रातदिन डाँडाकाँडा भीर पाखा कुद्नु छ, खान र पिउनको नाउ�मा एक पुरिया बिस्कुट, एक पुरिया चाउचाउ छ । अनि हामीलाई पनि त थकाइ लाग्छ, अल्छी लाग्छ । अनि भर्सर्ेे परोस् भनिन्छ ।"

"हो भन्या � हिजोदेखि त्यही एक पाकेट चाउचाउ, एक पुरिया बिस्कुट र एक तुम्लेट पानीको भरमा कुदिया' छ । मलाई त यति उखर्माउलो भोक लाग्या छ, ढुङ्गो पाए पनि पचाउ�ला भएको छ ।" अर्कोले भन्यो, "घर तन्नमजस्तो छ । यस्ता तन्नमहरूलाई पनि किन यसरी हत्या गरेका होलान् - यस्ताले कसैको के बिगार गरे होलान् र -"

"होला केही वैरभाव � भैगो छोडिदे । बरु कतै केही छ कि यसो आन्द्रासम्म उकास्न । मलाई भोकले तोरीको फूल देखायो ।" दोस्रोले भन्यो । अनि त्यो दुइटा बीभत्स लास, त्यो रगतको अहाल सबै कुरालाई त्यत्तिकै बेवास्ता गरेर त्यहा� धुइ�धुइ�ति छामछाम छुम गर्न थाले । एक जना हातको चोर बत्ती र्-र्टचलाइट) बालेर भित्री कोठातिर गयो । अर्को त्यही टुकीको बत्ती उठाएर धुइ�पत्तँल गर्न थाल्यो ।

"ए एक जोडा बाहिर हेर हेर � यहा� कसौ�डीमा अलि कति भात रहेछ । तिहुन पनि रहेछ, कसैले खाएर छोडेको । तै�ले के भेटिस् त्यहा�भित्र -" पहिलोले कराएर भन्यो । दोस्रोले भित्रबाट निस्कि�दै भन्यो, "त्यहा� त केही पनि छैन । घ्याम्पाघै�टा रित्तै छन् । केही थाङ्नाथरा छन् त्यति हो ।"

"यहा� अलिकति भए पनि भात रहेछ । अलिअलि भए पनि बा�डीचु�डी खाऊ� आइज । एउटा आन्द्रँे मात्रै भए पनि भरिएला । पहिलोले भन्यो । अनि दुवै जनाले बा�डीचु�डी कसौ�डीको भात सोरसार पुछपाछ गरेर खाए । अनि, हातसात धोएर जान भनेर उठे । तर, पहिलोको आ�खा दिलमायाको नाक, कानका फूली, रिङ् र घा�टीको तिलहरीमा परे । उसले चहर्किंदै भन्यो, "जोडा � यस मर्ुदाको घा�टीमा, नाककानमा यी सुनका गहनाको के काम - हामीलाई बेचबाच गरेर दर्ुइ-चार दिन मैच्याङको भट्टीमा रमाउन त हुन्छ । फेरि हामीलाई दोष लाग्ने पनि त होइन । जङ्गलीहरूले मारेर नाक, कान, घा�टी पनि रित्याएर गएछन् भनिहाल्छन् ।"

अनि दुवैले मिलेर दिलमायाको लासबाट कति पनि धक/सङ्कोच नमानी ती सुनहरू झिकेर हि�ड्न तरखराए । तर, एक्कासि अर्कोको आ�खा दिलमायाको धोतीको सक्कोमा बा�धेको गा�ठोमा पर्‍यो । उसले खसखसिएर त्यो गा�ठो फोएर हेर्‍यो, बिर्खबहादुरले सा�झ स्वास्नीलाई दिएको पा�च सयको नोट थियो । उसले चहकिएर साथीलाई भन्यो, "जोडा � यहा� एउटा पा�च सयको नोट पनि रहेछ ।"

"खोइखोइ -" अर्कोले त्यो नोट उसबाट झन्डैझन्डै खोसेझै� गरी लिए भन्यो, "वा � जे होस्, आजको दिनचाहि� छुकै परेको रहेछ लौ ।"

अब त्यहा�बाट जान तर्खराउ�दै एउटाले भन्यो । "जोडा � भात त तातै थियो । हत्याराहरू भरखरै निस्केका जस्ता छन् धेरै पर पुगेका छैनन् होला । अलि छिटो गए भेट्न सकिन्छ । हि�ड झट्टै ।" एउटाले हतार लगायो । अर्कोका आ�खा ओछ्यानमा दुम्किएर अत्यन्त त्रसित र भयभीत सातो उडेझै� आ�खाले त्यस नाटकका दारुण, बीभत्स दृश्य हेरिरहेको सानो दर्शक पुन्टेमाथि परे । उसले सोध्यो, "जोडा � यहाँ एउटा पिउसो रहेछ, यसको के गर्ने -"

"के गर्नु अब । घा�टीमा घटेसी बनाएर झुन्ड्याएर हि�ड्नुभएन । छोडिदिने यतिकै । भोलि बिहान कसैले आएर देख्लान् । अनि कोही नातेदार भए जिम्मा लाइदेलान्, नभए कुनै टुहुराहरूको बालघरमा लगेर राखिदेलान् हि�ड ।" अर्कोले भन्यो र दुवै त्यहाँ बाट निस्केर अध्यारोको खोकिलामा हराए ।

यहा� यसरी एउटा बीभत्स नाटकको मञ्चन भयो । तर, त्यस नाटकका दर्शक कोही थिएनन्, खालि एउटा सातो गएर संज्ञाहीनझै� भएको सानो पुन्टेका दर्ुइ निरीह निर्दोष आँखाहरू मात्र थिए ।

दोस्रो प्रहरको रात बाहिर डरलाग्दो गरी चकमन्न थियो । त्यस चकमन्नतालाई घरिघरि पर गाउ�माझका गल्लीहरूमा भौ�तारिने भुस्याहा खिच्चाहरूले रोएको हु�हु� स्वरले भत्काउ�थ्यो । अनि बेलाबेलामा ज्यादै उराठलाग्दो गरी लाटोकोसेरो र अरू रात्रि चराहरूका कर्कश स्वरले रातको त्यो शून्य अ�ध्यारो आकाशको विस्तृत छातीलाई चिर्दै दिगन्तमा गुज्थ्यो, "किर्रकिर्र किरिरिर्र । हु� हु� हु� हु� .. ह्वा� ह्वा� । यिनै स्वरहरूका माझ त्यहा� एउटा अर्को स्वर थपियो, द्वाङ द्वाङ धडाम् ।"

यस स्वरले भने त्यहा� गाउ� र बजारमा खतिखेरसम्म पनि जागा बसेकाहरूको मुटुको चाल बन्द गरायो । सबैका भयाल ढोकाहरू बन्द भए ढ्यामढुम ढ्याम्ढुम । अलि त्यसको दोस्रो दिन मध्याह्नको सबैजसले एफएम रेडियोमा महिला खबर वाचिकाको जीवनहीन स्वर गुज्यो, "गए राती पश्चिमाञ्चलको राजधानी नजिकैको एउटा सानो गाउ�मा केही जङ्गलबाट आएका बन्दुकधारीहरूले त्यही सानो गाउ�को पुछारमा छाप्रँे बनाएर बसको ज्याला मजुरी गरेर खाने दर्ुइ लोग्ने-स्वास्नीलाई आधारातमा घरमा पसी बीभत्स हत्या गर्नुका साथै भएका धनमाल र महिलाका नाक, कान, घा�टीका सुनको गहनासमेत लिएर फरार भए । घटनास्थलमा एउटा सानो तीन-चारवर्षो बालक लगभग संज्ञाहीन अवस्थामा भेटिएर उसलाई बालघरमा बुझाइएको । पछि गस्तीमा गएका सुरक्षाकर्मीहरूस�गको भिडन्तमा लुटेराहरूमध्ये दर्ुइजना बन्दुकधारीहरू पनि मारिएका हाम्रा स्थानीय संवाददाता ... ले बताएका छन् । अहिलेलाई म मेरा सहकर्मी ... लाई यतिकैमा बिदा दिनुहोस् । पछि बजे यस्तैयस्ता खबर लिएर फेरि उपस्थित हुनेछा�ै । नमस्कार � जय नेपाल ��

यो खबर रेडियो, एफएम, टेलिभिजन र स्थानीय राष्ट्रिय पत्रपत्रिकाले फूल जडीजडी प्रसार गरेपछि जनमानसमा एउटा आतङ्कको सृजना भयो । के पत्तो, समाचार वाचकले अर्को हत्या र हिंसाको खबर वाचन गर्ने बेलासम्म आफै� पनि त्यसको सिकार बनिने हो कि -

No comments:

Post a Comment