Sunday, April 7, 2013


केहि चुटकिलाहरु .........

शेरे छैन

एक चोटी शेरे काठमाडौमा फिलिम खेलेँ भनेर गाउँ फर्केपछि जब स्थानीय सिनेमा हलमा त्यो फिलिम लाग्यो, अनि गाउँभरि म त्यो फिलिममा छु भनेर हलमा लगेछ । ......

एक आयो, शेरे छैन, दुई सिन आयो शेरे छैन, हाफटाइम भो शेरे छैन, हुँदाहुँदा फिलिम सकियो शेरे छैन । ........

हलबाट बाहिर निस्केपछि सबले गाली गरेछन्- मूला शेरे हामीलाई मुर्ख बनाउँछस, कहाँ छस तँ त्यो फिलिममा? ........

शेरेले शानसँग जवाफ दियोः मूलाहरू आफू फिलिम हेर्न जान्नु छैन । त्यो फिलिममा हिरोईन घरमा एक्लै हुँदा पल्लो कोठामा खत्र्याक खुत्रुक आवाज निकालेर तर्साउने मै त हुँ नि .....

जोगीले भने आइलभयु


एक कफिशपमा कफि खाइरहेकी सुन्दर युवतीलाई एक जोगीले भने आइलवयु

युवतीलाई रीस उठ्यो, उ उठेर जोगीलाई एक झापड हान्दै भनि, "के भनिस ?"

युवतीको झापड खाएर रन्थनिएका जोगीले भन्यो "जव सुनेको नै थिएनौ भने किन झापड हान्यौं ।"

SOURCE: SOLIDARITYKHABAR

शिक्षक र विद्यार्थी


शिक्षक : भालुको शरीरमा रौं किन लामो हुन्छ ?

विद्यार्थी : जंगलमा हजाम नहुनाले ।।मनिष शर्मा, दाङ्ग

रिस


हम जाएगा श्रीमतीको खर्च गर्ने बानीले हैरान भईसकेका थिए ! श्रीमती अली काली र मोटी थिईन तर नक्कल चाँही साह्रै गर्नु पर्ने ! हरेक पल्ट् तलब आएको बेला घर चलाऊने खर्चबाट आफ्नोलागी केही न केही किन्ने गर्थी ! त्यस्तै एकदिन पहेलो रङको साडी किनेर ल्याईन !

हम जाएगा काम बाट थाकेर घर आईपुग्दा श्रीमती चाँही काम काज छोडेर धमाधम साडीले कस्तो देखिन्छ भनेर लगाउदै थिईन ! हम रिसले आगो भयो तर केही भनेन !

केही बेर श्रीमतीले साडी लगाईसकिन र रिसाएको श्रीमानलाई फकाउन लाडे पल्टिदै सोधिन, हेर्नु होस् त मलाई कस्तो देखिन्छ यो पहेलो साडीले ????

हमले झर्केर जवाफ दियो; तोरी बारीमा भैंसी चरे जस्तो देख्यो !!! 

भुत



एकदिन दार्जीलिङको चोक बजारको गल्लीको भट्टीमा बसेर हमजाएगा साथीहरुसँग रक्सी पिउँदै थियो अचानक उसलाई टट्टी आयो ! उ जान लागेको के थियो साथीहरुले रेला गरेर त्यो ट्वाईलेटमा भुतले तर्साउँछ भनेर भन्यो ! टट्टी लागेको बेलामा के को भुत ???? हम जाएगा यत्ति भनेर ट्वाईलेट गयो ! जब उसले टट्टी गर्दै भुत आउँछ भनेको सम्झ्यो अन्ध्यारोमा मन मनै डरायो !

अनि डराएको मन, काम सकेर उसले हतार हतार लुगा लगायो र जान खोज्यो तर उ सिधा उभिनै सकेन ! उसको ज्यान कुक्रुक्कै पर्‍यो ! भुतले समात्यो भनेर उ बेस्सरी डरायो र गुहार गुहार भनेर चिच्यायो ! साथीहरु उ चिच्याएको सुनेर त्यहाँ गएर हम जाएगालाई उचालेर भित्र ल्याए ! अनि के भएए कुक्रुक्कै पर्‍यो भनेर हेर्न थाले ! उज्यालोमा हेर्दा पो थाहा भयो हम ले डराएको र हतारमा शर्टको टाँक पेन्टको घरमा लगाएछ नै के को सिधा उठ्नु नि ???   

तेरो घरमा खुट्टा टेक्दिन


हम जाएगा घर ज्वाँई बसेकोले श्रीमतीले सधैं आफ्नो माईतिको सम्पत्ती र घरको धाक लाउने गर्थिन !
एकपल्ट हम जाएगा श्रीमतीसँग रिसाउँदै भन्यो: हेर कुकुर्नी आज देखी म तेरो घरमा खुट्टै टेक्दिन !
यत्ति भनेर हम घरबाट बाहिरियो !
त्यही साँझ:
हम जाएगा मातेर लोट परेर घरको ढोका ढकढकायो !
श्रीमतीले ढोका खोलेर हेरिन अनि रिसाउँदै कराईन: थुईक्क गतिछाडा बिहान त यो घरमा खुट्टै टेक्दिन भनेर निस्केको थियौ नि अहिले ......

कुरा बिचैमा काट्दै हम जाएगा बोल्यो: ए राँडी, राम्ररी हेर्न त म खुट्टा टेकेको छु ...

श्रीमतीले यसो हेरी साँचै हम जाएगा मातेर घुँडा टेकेर उभिएको थियो !

घोडाको अण्डा


हरेक हप्ता लाग्ने हटियामा एकदिन हम जाएगा पनि घुम्न गएछ !

एकजना खुद्रा पसले कराउदै थियो: ल है ल अब बोकाको अण्डा सकियो, घोडाको आईपुग्यो, घोडाको आईपुग्यो .....

हम जाएगा छक्क पर्दै होईन के भनेको हौ दाई बोका र घोडाको पनि अण्डा हुन्छ र ??? 

पसले: होइन तपाईंले बुझ्नु भएन रहेछ बोकाको अण्डा भनेको कुल्लीलाई बोकाएर ल्याएको, घोडाको अण्डा भनेको घोडामा ल्याएको भनेको नि !

हम जाएगा: ए उसो भए गाडीमा ल्यायो भने चाँही गाडीको अण्डा भन्नु पर्ने रै'छ !!!

बन्द !


छुट्टीको दिन बिहान,

दुध ल्याउने ग्वालाले भन्यो; साहुजी आज भैंसीले दुध दिएन किनकी शहर बन्द छ,

काम गर्ने ठिट्टोले भन्यो; आज खबर कागत छैन पसल बन्द छ,

श्रीमती ठुस्स पर्दै भनिन आज केही हुँदैन है बुडो सबै बन्द छ,

श्रीमानले पर्दाबाट चिहाएर बाहिर हेर्यो अनि मुसुक्क हाँस्दै भन्यो; होईन डार्लिङ फाटफुट गाडी त चल्दैछ !

मान्छे देख्दिन

विरामी : डाक्टरसब मलाई अनौठो समस्या भैराख्या छ !
डाक्टर : कस्तो अनौठो समस्या ?
विरामी : आफुले कुरा गरिराख्या मान्छे देख्दिनँ !
डाक्टर : यस्तो कुन बेला हुन्छ ?
विरामी : जब म मोबाइल मा कुरा गर्छु तब !

SOURCE: NEPALJAPAN

कागती र केरा

केराले भनेछ हेर कागति मलाई तिम्रो कस्तो माया लाग्छ ।

कागति : किन ?

केरा : तिमिलाई मानिसहरुले निचोरी निचोरी खान्छन् त्यसैले ।

कागति : मलाई त मेरो भन्दा पनि तिम्रो झन माया लाग्छ ।

केरा : किन ?

कागति : तिमिलाई मानिसहरुले नाङगै पारेर खान्छन् त्यसैले ।

SOURCE: ONLINEKHABAR

रक्सि छुटयाउन सक्नु हुन्छ

डाक्साबा ! रक्सि छुटाउन सक्नुहुन्छ ?

डाक्टर : चुट्कीमा छुटाइदिन्छु !

पैसा कति लाग्छा ?

डाक्टर : मात्र दुइसए पचास

जाउँ त मसंग ! भर्खरै मेरो दुइसए बोतल रक्सि पुलिसले समातेको छ !

SOURCE : NEPALJAPAN

आज्ञाकारी बुहारी

ढोक्सीलाई विवाह पस्चात उनकी सासुले सम्झाइन: हेर आज देखि तिमी मलाई आफ्नै आमा सम्झ, 

हम जाएगाको बाबुलाई आफ्नै बाबु सम्झ केही बेर पछि  ढोकाको घन्टी बज्छ,

सासु:  हेर त छोरी ढोकामा  को आएछ ?

ढोक्सी:  ढोका खोलिन र हम जाएगा देखेर  सासुलाई भनिन 

आमा दाई आउनु भएछ !

हम जाएगा

हम जाएगाको रक्सी पिउने आदतबाट उनको श्रीमती आजित भएकी थिईन,

एकचोटी हम जाएगालाई घटिया देखाउन श्रीमतीले एउटा गधाको अगाडि एउटा रक्सीको  बाल्टी र अर्कोमा पानी
भरेर राखिदियो, गधाले रक्सीको बाल्टी छाडेर पानी पियो, त्यस पछि   श्रीमतीले हम जाएगालाई सोध्यो,

श्रीमती : औ लु भन्नुस यो देखेर के शिक्षा पाउनु भयो ?

हम जाएगा: जस्ले रक्सी पिउदैन त्यो गधा हो !

डेड ईन्च मुस्कान मात्र

हम जाएगा :  ओ सोम, यो नेपाली पनि गजब को भाषा छ यार 
  
सोम :  किन यार ?
हम जाएगा :  घडी बिग्रियो भने चै "बन्द छ " रे अन्त केटी बिग्रियो भने चै " चालु छे " रे !!!!

जोक्स पदनुहोस है साथीहरु हो ......

श्रीमान, श्रीमती

श्रीमती आफ्नो श्रीमानसगँ लाडे पल्टिदै-  जब तपाईं लोकल रक्सी पिउनु हुन्छ, मलाई "जानेमन" भन्नु हुन्छ अनि व्हिस्की पिएको बेला "डार्लिङ " भन्नु हुन्छ । 
आज के पिएर आउनु भएको छ हौ अघि देखी चुडेल, चुडेल भन्दैहुनुहुन्छ ?

श्रीमान : आज म फ्रेश छु, कुकुर्नी !

कन्जुस

छोरी : कन्जुस बाबुलाई भन्छ, बाहिर मान्छेहरु स्विमिङ पुल बनाउन चन्दा माग्न आएका छन ।
बाबु : ए हो र ल एक बल्टिन पनि लगेर देउ न त !

No comments:

Post a Comment