Sunday, April 7, 2013

     कथा

"पहिलो प्रेम"

                         - शान्ति पाख्रिन

बाबा ममीको न्यानो माया ममता र साथि संगीको साथले मेरो बालापन बितेको पनि पत्तै भएन उठ्ने बित्तिकै बाबाले बनाउनु भएको चिया संगै ममीले भुट्नु भएको चिउरा र भटमास खाएकी पनिहिजो जस्तो लाग्छ अनि साथीहरु संग चुङ्गी , रबर बयान , गट्टी , ढलाई बल , डन्डीबियो , कपर्टि खेलेको पनि हिजो जस्तै लाग्छ | अझ भनौ सुचिकर दाइकोमा गएर टालाहरु बटुलेर घर ल्याउदा ममीले नै पुतली बनाइ दिनु हुन्थ्यो अनि साथीहरु संग मिलेर पुतलीको बिहे गराई खेल्थ्यौ पुतलीको बिहे भन्दै आफैलाई जुटको बोरामा बसायर च्याना पुटू च्याना पुटू भन्दै बोकेर हिडेको त भुल्नै सक्दिन भुल्नु पनि कसरि त्यो बिहेमा न त बिहेको महत्वो थाहा थियो न त घर परिवार नै सम्हाल्नु पर्थ्यो , अरुको बिहेमा बेहुलीलाई सजाएर रातो घुम्टो ओढाई डोलीमा बोकेको देख्दा मेरो बिहे यसरी कहिले हुन्छ झैँ लाग्ने मेरो बाला पन आज कुन मोडमाआएर ठोकियो |

उमेर बढ्दै जादा म भित्र एक चन्चलापनले बास लिन थाल्यो स्कुलमा धेरै बदमास थिए म कुनै गल्ति गर्दा खेरी सर र मिसले घुडा टेक्न या त उठ बस गर्न लगाउनु हुन्थ्यो तर म एकदमै जिद्दी थिए म कहिले पनि उहाको कुरा मान्दिन थिए र कहिले पनि घुडा टेकिन तर हेडसरको अगाडी भने म निकै डराउथे |स्कुलमा कुनै कार्यक्रम या खेलकुद हुदा म सधै अगाडी हुन्थे पढाइमा पनि मेरो नम्बर सेकेन्ड र थर्डमा पर्थ्यो त्यसैले होला गुरुहरुको पनि म प्यारो थिए सधै मायाले बोलाउनु हुन्थ्यो मलाइ | अब त कक्षा ८ मा पढ्ने भएछु पढाई संग संगै घरमा र पसलमा आमालाई पनि सघाउने गर्थे यसरी मलाइ त्यो बालापनले बिदा गरि सकेको थियो भने लजालु पन र चन्चलताले बास गर्न थालिसकेको थियो मेरो मन मस्तिकमा |कुनै केटाले मलाइ हेर्यो भने पनि म लजाउथे र डराउथे |

पुष माघ महिनाको कुरा हो सबै स्कुलहरु बन्द थियो त्यसै सिलसिलामा साथीहरु सङ्ग घुम्न भनि हजुर बा, हजुर आमा बस्नु भएको गाउँमा जाने निर्णय गरे | सानो हुदा बाबाले काधमा बोकेर लानु भएको धेरै बर्ष पछी त्यही गाउमा साथीहरु संग जाने मौका मिलेको थियो | उकाली,ओराली, कहिँ कतै नागबेली बाटो अनि हरियो घना जंगल , ठाउ ठाउमा , सुन्दर कन्चन झरना , जंगल भरि राताम्मै लालीगुरास फुलेका , चराचुरङ्गीको चिरबिर संगै फोटो खिच्दै गित गाउदै हिड्दा ८ घण्टाको बाटो काटेर गाउँ पनि पुगिसकेको थियौ हामि |

गाउ पुगे पछी सबै साथीहरु आफ्नो - आफ्नो बाटो लागे एउटा साथीले मलाई मेरो हजुर आमाको घर सम्म पुर्याई दियो म घरलाई नियाल्दै गेट बाट भित्र पसे पिढीमा ढिकी र जातो थियो छेउमा गाईको गोठ भने भान्सामा चाही काठको खण्ड खण्ड परेको भर्यांग चढेर जानु पर्थ्यो म डराई डराई भर्याङ्ग चढेर माथि गए हजुर बा माथिको बर्तालिमा बसिरहनु भएको थियो मैले ढोग गरेर भित्र पसे , हजुरआमा र फुपु भान्सामा खाना बनाउदै हुनुहुन्थ्यो |मैले भित्र गयर ढोगे उहाहरुलाई तर उहाहरुले मलाइ चिन्नु भएन सायद धुवाँले र अधेरोले होला मैले अफ्नो परिचय आफैले दिए म काइलाको छोरी भने पछी उहाहरु सारै खुसि हुन्नु भयो र मलाइ भोकाएको होला भनि दहि र भुटेको मकै ल्यार दिनु भयो म पनि खुसि हुदै खाए |

भोलि पल्ट गाउँमा छिमेकीको बिहे भएको हुनाले म पनि फुपु संगै गए मैले पाइट र टिसर्ट लगाएकी थिए त्यसमाथि पनि शहर बाट आएको मान्छे भनेर होला सबैले मलाइ नै हेर्थ्यो अनि मेरो फुपुलाई सोध्ने गर्थ्यो उनि को हुन् ? भनेर फुपु पनि दिक्क नमानी सबैलाई मेरो परिचय दिदै दाइको छोरी भन्नु हुन्थ्यो र खुसि हुनुहुन्थ्यो |हामि बिहेको माहोलमा मिस्सी सकेका थियौ एकासी मेरो नजर एक युबक तिर गयर ठोकियो हेर्दा गहुगोरो निकै भलादमी लाग्ने अरु युबक भन्दा फरक देखिने एक युबक पनि त्यही बिहेमा आएको थियो
खै किन हो एकै नजरमा म त्यो युबक प्रति केन्द्रित हुन पुगे मलाई सारै राम्रो लाग्यो तर हाम्रो बोलचाल भने हुन सकेन बिहे सकिने बित्तिकै म फुपु संग घर आए |

त्यसको दुइ-चार दिनमा म फुपु संग धान गोड्न भनि खेत तिर गए त्यो युबक पनि त्यही आएको रहेछतर मैले लामो जामा लगाएकी हुनाले पानीबाट जोगाउन जामा सम्हाल्दै ठिक्क भए तर उसले भने मलाइ हेरिरहेको रहेछ उ हामी भन्दा ठिक २ गरा माथि पट्टि बसेको थियो मेरो नजर उ तिर पर्ने बित्तिकै मुटु दुख्यो भनेर भन्न थाल्यो र सबैले घर जाने सल्लामा उ घर तिर फर्केको थियो | ठिक भोलि पल्ट पनि उ त्यही आएको थियो तेस्रो पटक हो यो हाम्रो फेरी भेट भएको त्यस बेला हामि एकै गरामा थियौम मेरो फुपु र अरु दिदीहरु संग थिए उस्लाई देख्ने बित्तिकै म लाजले एकोहोरो निहुरिएर धान गोड्न ब्यस्त भए एकै छिनमा उसले मेरो नाम सोध्यो , तिम्रो नाम के हो ? मैले लजाउदै शान्ति भने फेरी उसले बोल्न सुरु गर्यो म तिमीलाई चिन्छु नि . मैले हतार हतार प्रश्न गरि हाले कसरि चिन्नु हुन्छ तपाइँ मलाइ ?उस्को प्रतिउत्तरमा तिमि फलानाको छोरी फलाना ठाउ बाट आएको फलाना तिम्रो काकाफलाना तिम्रो हजुर बा हजुर आमा एकै स्वरमा सबैको नाम लिन भ्यायो उसले त्यसपछी मैले बोल्ने बाटो नै थिएन म एकदम चुप भए मेरो मुख बाट कुनै बाक्य नै फुटेन | उस्को नाम सोध्न धरि म भित्र हिम्मत थिएन त्यो दिन यसै बित्यो |

भोलि पल्ट एउटा सानो नानि आएर एउटा खाम ल्याएर मेरो हातमा राखी दियो मैले यो के हो ?भनि सोधे तर ति नानीले खै थाहा छैन भने र हास्दै दगुर्दै भागिन् |त्यो खाम देख्ने बित्तिकै मलाइ खोलेर हेरु हेरु झैँ लाग्यो र हतार हतार खोलेर हेरे एक प्रति फोटो सहित त्यो पन्नाको सुरुमा उस्को नाम लेखेको रहेछ अनिश तामाङ त्यसपछिका हरफहरु पढ्न आतुर भए म र निरन्तरता दिन थाले त्यो पन्ना त केवल माया र प्रेमका सब्दले भरिएको थियो भने साथमा उसले आफ्नो परिचय पनि खुलस्त लेखेको र मलाइ धेरै नै मन पराउने र माया गर्ने सब्दहरु लेखिएको थियो ,र अन्तिममा पत्रको प्रतिक्षमा छु भनि लेखिएको थियो जति पत्र उत्तेजित हुदै पढे त्यतिनै मेरो मुटु धडकिन थालेको थियो मेराहात र खुट्टाहरु लुक लुक काम्न थालेको थियो के गर्ने कसो गर्ने दिमागले केहि सोच्न सकेको थिएन त्यसैले त्यो चिठीलाई मैले एक कुनामा ढुङ्गाले थिचेर राखी दिए र घरमा पसे | कसैलाइ सुनाउने हिम्मतपनि थिएन म भित्र जब जब म बाहिर निस्कन्थे तब म ढुङ्गा पल्टाएर फेरी त्यही चिठी पढ्थे , त्यो चिठी पढेको दिन देखि न मलाइ भोक लाग्थ्यो न निन्द्रा नै खालि उसकै तस्बिरमा र चिठीमा आँखा लाग्थ्यो कानभरी उसैले बोलेका सब्दहरु गुन्जिरहन्थ्यो उत्तर लेखे आफुले पनि मन पराउने र माया गर्छु भनेर तर उस्लाई दिने हिम्मत कहाँ मेरो लेख्यो रुमालमा पोको पर्यो अनि बोकेर हिड्यो |

एकदिन ठुलो बुबाको घरमा खाना खान भनि दाजु लिन आउनु भएको थियो म खाना खान भनि ठुलो बुबाकोमा गए अनिश पनि त्यही आएको रहेछ मेरो दाजुको साथि रहेछ उ त्यसैले उस्लाई पनि खाना खान भनि बोलाको रहेछ मैले उस्लाई देख्ने बित्तिकै फेरी मेरो हात खुट्टाहरु लुला भए मुटु ढुकढुक गर्न थाल्यो त्यहा खाना खान पनि मन लागेन जबर्जस्ति अलिकति खाना खाए र बाहिर निस्किए बाहिर पिढीमा बसिरहेको थिए साँझको ब्यला छेउको बोट बिरुवा केहि पनि देखिदैन थियो म जुन हेर्दै बसेको थिए अनिश मेरो छेउमा आएर कानमा खुसुक्क भन्यो , मेरो चिठीको उत्तर खै म कुरिरहेको छु ओहो त्यो बेला त झनै मेरो सात्तो नै लागेको थियो म झसङ्ग झस्किए उ उठेर भित्र गयो मैले दाइलाई घर पुर्याई दिनु भनि बिन्ति गरे तर ठुली आमाले यहि सुत्नु भने पछी नाइँ भन्न सकिन र त्यही बसे |

यसै गरि उसले मेरो चिठीको उत्तर नपाए सम्म चिठी लेखिरहन्छु भनि बारम्बार चिठी लेखि रहन्थ्यो म भने लेखेर रुमालमा पोको पारेर बोकेर हिड्थ्यो | एकदिन उसले चिठीमा मलाइ भेट्ने कुरा र ठाउ तोकेर पठाएको थियो भोलि पल्ट बिहान म डराउदै डराउदै त्यही ठाउमा पुगे उ त्यहा आएको थियन म त्यही ठाउमा एकछिन बसेर घर फर्के घर आएर चिठी हेर्छु त छैन पक्कै बाटोमा खसेको हुनु पर्छ भन्दै म खोज्न त्यही बाटो हुदै अगाडी बढे अनिश संग बाटोमा नै मेरो भेट भयो उसले सरि आउन ढिला भयो भन्दै बोल्न थाल्यो मैले केहि बोलिन फेरी उसले तिम्रो सबै चिठी मैले पाए , तिमीले यति धेरै चिठी लेखेर मलाइ किन नदेको भन्दै गुनासो पोख्न थाल्यो मैले डर लागेर भने उसले धेरै सम्झायो र बोल्दै गए पछी मन भित्रको डरले पनि म बाट बसाइ सर्यो र म खुलेर अनिश सङ्ग कुरा गर्न थाले हामि बिच धेरै कुरा भयो र फेरी अर्को दिन भेट्ने बाचा सहित हामि हात मिलाएर छुट्यौ |

त्यसपछिका दिनहरुमा भने हामि बिच दिल खोलेर कुरा हुन्थ्यो एउटा साथि सरह यसै क्रममा मेरो घर फर्किने दिन पनि नजिकिदै थियो मैले घर जाने समय भएको कुरा अनिशलाई बताए उ पनि म संगै जान्छु भनि जिद्दी गर्थ्यो त्यस ब्यला मैले तिमि त्यहा गयर के गर्छु कहा बस्छौ भन्दा उसले यो गीत गुनगुनाएको थियो घुमेङ्गे फिरेङ्गे नाचेङ्गे गाएङ्गे एस करेङ्गे साथ रहेङ्गे और क्या , यति उसले के बोलेको थियो मैले भने यो जोक हैन मलाई जानै मन छैन तिमीलाई छोडेर , उसले सम्झाउदै यस्तो भनेर हुदैन तिमीले पढ्नु पर्छ ठुलो मान्छे बन्नु पर्छ म कहिले कहिँ भेट्न आइहाल्छु नि मलाई पनि त तिमि बाट टाढा बस्ने मन कहा छ र तिमि जहाँ भए पनि हाम्रो माया त हाम्रो साथमा छ नि अनिशले सम्झाए पछी म त्यहा बाट छुटे र केहि दिनमा घर फर्के ममी बाबाको साथमा |

मेरो पढाईफेरी सुरु हुन थाल्यो तर पढाइमा कहा मन लाग्नू किताब भरि उसको मुहार देख्थे साथीहरुको आवाज पनि उसैले बोले झैँ लाग्थ्यो म अनिशको मायाले अन्धो र कानो बनेको थिए कसैले केहि भने पनि मेरो ध्यान त्यहा हुदैन थियो महिनामा एक या दुइ पल्ट अनिश मलाइ भेट्न भनि ८ घन्टाको बाटो हिडेर मेरो घर त कहिले स्कुलमा आउने गर्थ्यो यस्तै हाम्रो प्रेम सुरु भएको पनि २ बर्ष भैसकेको थियो पोखरामा ब्रिटिस आर्मीको भर्ना खुलेको कुरा सुनेर अनिश पनि ट्रेनिङ्को लागि जाने सल्लाह गर्न भनि मेरो घर आएकोथियो मैले पनि भबिश्य राम्रो हुन्छ भनि सोचेर आँखा भरि आँसु पारि अनिसलाइ बिदा गरे त्यसपछी हाम्रो भेटघाट हुनै छोड्यो फोनको माध्यम बाट कुरा हुन्थ्यो होला तर अनिशले त्यहा क्याम्प बाट फोन गर्न नमिल्ने रहेछ म संग अनिशको नम्बर थियन दिन भरि रात भरि म अनिशकै कल्पनामा हराउने गर्थे बिहानको घामको पहिलो किरण संगै अनिश पनि फर्केर आइदिए हुन्थ्यो झैँ लाग्थ्यो तर कहा सोचे जस्तो हुदो रहेछ र |

मेरो एस एल सि सकिए पछी मैले पोखरा दिदिकोमा बसेर पढ्ने कुरा घरमा गरे तर आफन्त र छर छिमेकीले सधै भरि बाबा ममीको कान फुके पछी कहा मलाई पढ्न जान दिनु , हुर्केको छोरी यसरि धेरै दिन घरमा राख्न हुदैन फेरी पोखरा जस्तो ठाउ के हो के कसलाई के थाहा एक दिन फलानाको छोरीले जस्तै नाक काट्छ अनि चाल पाउनु हुन्छ यस्तै यस्तै कुराले गर्दा उहाहरुले मेरो बिहे शहरको एक अन्जान व्यक्ति सङ्ग गर्ने निर्णय गर्नु भयो मैले बिहे नगर्ने अफ्नो विचार राखे रोए कराय तर मेरो केहि लागेन मेरो बिहे उहाहरुले गरेरै छोड्नु भयो | म एक जिउदो लास बनि डोली चढेरमलामीको लस्कर संगै अन्जान शहर अन्जान परिवारमा मिसिन पुगे |

बिहे पछी पनि मैले सयौ चिठी अनिशको नाममा लेख्ने गर्थे मेरो एक्लो पनको साथि अनिशसंग बिताएका पलहरु र अनिशको सम्झना हुन्थ्यो | एकदिन नजिकैको पसलमा मेरो फोन आएको जानकारी पसले साउजीले दिनु भयो म हतारिदै गए मैले हलो भन्न नपाउदै अनिश रुन थाल्यो र मेरो साथिसंग नम्बर मागेर फोन गरेको कुरा बतायो त्यति मात्रै हैन मलाइ काठमान्डौको गल्लि गल्लीमा खोजेको र माइत एकदिन आउछिन भनेर नजिकैको होटेलमा २ महिना सम्म कुरेर बसेको कुरा पनि बताएको थियो उसले उ संग कुरा गर्दा गर्दै कति खेर मेरो नयन आँसुले भिजेछ मलाइ थाहा नै भएन | अन्तिममा आफ्नो मुटुलाईढुङ्गा बनाएर मैले तिमि आफ्नो जिबन अगाडी बढाउनु अब म अरुकै भै सके अब देखि यहाँ कहिले पनि फोन गर्ने चेस्टा नगर्नु भनि फोन राखिदिएको थिए मैले त्यसपछिका दिनहरुमा उसले मलाइ फोन त गरेन तर मेरो प्रतिक्षाम बिहे नै नगरी पागल झैँ हिडेको रहेछ यहि कुरा उस्को बुबा आमाले देख्न नसके पछी उस्को बिहे जबर्जस्ति गराई दियको रहेछ |

सबै कुरा त्यागेर अनिश विदेश तिर गयो तर अनिशको श्रीमती भने आमा बन्ने भएको रहेछ अनिश विदेश हुदै उस्को घरमा एक लक्ष्मी भित्रिएको थियो मलाइ त्यो सानो नानि हेर्ने ठुलो रहर भो तर जाने आट म भित्र थियन अनिशकै दिदि पर्नेको साथमा गए ठ्याक्कै अनिशको रुप लिएर जन्मेको त्यो नानि उसैलाई हेरेर अनिशको तिर्सना मेटे त्यसपछी मैले उस्को कुनै पनि परिवारलाई भेट्ने प्रयाश गरिन ४ बर्ष पछी फेरी मेरो मोबाइलमा फोन आयो , त्यो फोन अनिशको थियो फेरी हाम्रो कुरा हुन थाल्यो फोनको माध्याम बाट कोहि नेपाल आउने छन् भने उसले मेरो लागि केहि न केहि पठाई रहन्थ्यो र साथमा एउटा चिठी पनि पठाउथ्यो | अनिशले फेरी पनि हामि एक हुने कुरा गर्न थाल्यो मैले उस्लाई सम्झाए तिम्रो र मेरो यो निर्णयले तिमि र मेरो जिबन त खुसि होला सुखी होला तर हाम्रो निर्णयले बाकि सबैको जिबन बर्बाद हुन्छ त्यसैले यस्तो सोच्नु हुन्न भने पछी मेरो कुरामा उ पनि सहमत हुन्थ्यो |

यहि क्रममा म पनि नेपाल भुमि छोडेर विदेश तिर लागे बिदेशमा हुदा पनि हाम्रो कुरा फोन मार्फत सधै जसो हुने गर्थ्यो , एकदिन अनिश नेपाल छुट्टी मिलाएर गएको थियो अनि नेपाल पुगेर रुदै मलाइ फोन गर्यो के भयो भनि म एकदम आत्तिय उसले बेली बिस्तार लगायर सुनायो अनिश नेपाल पुग्नु भन्दा अगाडी नै उस्को श्रीमती नानि साथमा लियर अर्कै केटा संग भागि सकेको रहेछ म यो खबरले सारै दु:खि भए तर मैले उस्लाई सम्झाउन मात्र सके , त्यस्तै क्रममा मैले मेरो ठुलो बाबाको छोरी संग बिहे गर भनि अनुरोध गरे किन कि दिदि पनि श्रीमान्ले धोका दिएर एक्लो जिबन बिताउदै हुनुहुन्थ्यो तर अनिशले मानेकै थियन मैले जबर्जस्ति गरे पछी दिदि संग बिहे गर्न तयार भयो तर दिदीलाई अनिशले हाम्रो बारेमा सबै कुरा बताएको रहेछ अनि मेरै कारणले दिदि संग बिहे गरेको भनि दिदी पनि बुझ्ने हुनुहुन्थ्यो त्यसैले दिदीले मलाइ धन्यवाद दिनु भयो | त्यसपछिका दिनहरुमा पनि अनिश सङ्ग र दिदि संग मेरो कुरा हुने गर्थ्यो |

केहि महिना पछी म पनि छुट्टी मिलाएर नेपाल गए अनिश मलाइ भेट्न भनि काठमाण्डौ आयको थियो तर मैले भेट्न नसक्ने कुरा बताय पछी अनिश घर फर्केर गएको थियो | यसरि नेपाल गयर आएको पनि आज ३ बर्ष भइसकेको छ तर जुन दिन मैले भेट्न इन्कार गरेको थिए त्यसको केहि महिना सम्म त हाम्रो फोनमा कुरा हुन्थ्यो त्यसपछी भने उस्को नम्बरमा मैले फोन गर्दा सधै भरि सुइज अफ सुनाउथ्यो यसरि धेरै पटक प्रयाश गर्दा पनि फोन सम्पर्क हुन सकेन अनिशको दिदीलाई फोन गर्ने हिम्मत जुटाय र फोन गरे दिदीले बताउनु भएको थियो अनिश त मलेसिया गएको छ त्यसपछी मैले इन्टरनेटको माध्याम बाट फेसबुकमा धेरै चोटी नाम टाइप गरेर खोजे तर भेट्न भनि सकेन | अनिश र मेरो बिछोड भएको पनि आज १४ बर्ष भैसकेछ तर उस्को सम्झना संगै बितायका ति मिठा पलहरु अझै पनि मेरो मानस पटलमा ताजै छ |हो अनिश पछी मेरो जिबनमा धेरै पुरुषहरु आय सबैले मायाका फुलहरु बर्साय नजिक हुन खोजे धेरै सङ्ग बोले तर आज कसैको पनि याद आउदैन अनिशको भने हर पल याद आउछ म अनिशलाई चाहेर पनि भुल्न सक्दिन , सायद अनिश नै मेरो पहिलो प्रेम थियो र अन्तिम पनि |||||||||
"गीत"
पल पल आउछ याद तिम्रो सकिन भुल्नलाइ
यो जुनिमा रैन रैछ संग संगै जिउनलाई

नभनिदेउ निस्टुरि बाध्येतामा टाढा हुदा
साउने झरी बर्सी दिन्छ एकान्तमा मैले रुदा
जब आउछ तिम्रो याद बेदनामा आसुँ झर्यो
तेही यादले आज मलाई मर्नु न बाच्नु पार्यो

त्येसैले त बाध्य छु म आसुँ मात्र पिउन लाइ
यो जुनिमा रैन रैछ संग संगै जिउनलाई

निर्दोष थियो हाम्रो माया कसको आखा लाग्यो
आफै संग जिन्दगि हेर आज धेरै टाढा भाग्यो
संगै जिउने बाचा हाम्रो दुइ किनार पारि दियो
नाफक्रिदै दिलको फुल कुन पापीले झारी दियो

चाहा थिएन मलाई पराइ दिलमा फुल्नलाइ
यो जुनिमा रैन रैछ संग संगै जिउनलाई

नोटकसैको जिबनमा मेल खाएमा संयोग मात्र हुनेछ |

No comments:

Post a Comment