Saturday, April 6, 2013





 गजल

जसो तसो चलिरहेछ, बनवासी जिन्दगी 
दुरदेशमा बाँचिरहेछ, प्यासी जिन्दगी !

सम्झिएर झर्छ आँशु, सधैं आफ्नै गाउँघर  
पापी मनले भोग्न खोज्छ बिलाशी जिन्दगी ! 

आशाहरु संगालेर सधैं आउँछ नौलो दिन
साँझ पर्दासम्म लाग्छ यो बासी जिन्दगी ! 

बाध्यतामा जिउनुपर्ने यो कस्तो विवशता 
मरुभूमि झैं शुष्क यो उदासी जिन्दगी !

बाचा बन्धन तोड्नेहरु थुप्रै भेटेँ यहाँ 
साँचो माया खोजीरहन्छ अभिलाषी जिन्दगी !


No comments:

Post a Comment